October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

डिएसपी चन्द र सइ ठकुरीलाई तीन वर्ष कैद 

  • सेती कर्णाली खबर
  • मङ्लबार, बैशाख १२, २०८० 0६:१८
डिएसपी चन्द र सइ ठकुरीलाई तीन वर्ष कैद 

तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक त्रिलाेकबहादुर चन्द र  प्रहरी नायब निरीक्षक माधव चन्द ठकुरीलाई कैद तथा जरिवाना हुने सजाय सुनाएको छ ।
आइतबार भ्रष्टाचार मुद्दामा सजाय तोक्दै उनीहरूलाई तीन–तीन वर्ष कैदको सजाय सुनाइएको हो ।

विशेष अदालतका अनुसार जनही १५ लाख ४५ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ । साथै, उनीहरूबाट प्रतिव्यक्ति ३२ हजार एक सय ५० रुपैयाँ असुलउपर हुने फैसला सुनाइएको छ ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य यमुना भट्टराईको इजलासले यस्तो फैसला सुनाएको हो । २९ चैत २०७९ मा भ्रष्टाचार मुद्दामा दुवैजनालाई दोषी कायम गरेको थियो । आइतबार सजाय निर्धारण भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ फागुन २०७६ मा डिएसपी चन्दसमेत सइ ठकुरी र थप तीनजनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेकोमा तीनजनालाई विशेषले सफाइ दिएको छ ।
डिएसपी चन्दले लेखापाल ठकुरी, लेखा शाखामा कार्यरत हवल्दार टंकबहादुर मल्ल र प्रहरी जवान सर्वराज खत्रीसमेतको मिलेमतोमा भ्रष्टाचार गरेको दाबी सरकारी पक्षको थियो ।
जिल्ला प्रहरी कार्यालय हुम्ला र अन्तर्गतका प्रहरी कर्मचारीहरूको २०७२ असोजदेखि २०७३ असारसम्म तलब, स्थानीय भत्ता, तथा रासन रकममा हिनामिना गरेको भेटिएको थियो ।
भरपाईमा जोडजम्मा फरक परेको र कार्यरत नै नरहेका ईश्वरी श्रीसका भन्ने व्यक्तिका नाममा समेत सेवा सुविधाको भरपाई बनाएको भेटिएको थियो ।
यस क्रममा ३१ लाख ५९ हजारभन्दा बढी रकम भ्रष्टाचार भएको भेटिएपछि मुद्दा दायर भएको थियो । हुम्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयका तत्कालीन लेखापाल भक्तबहादुर शाहीलाई पनि प्रतिवादी बनाइएको थियो ।

उनलाई भने विशेषले सफाइ दिएको छ । लेखापरीक्षणका क्रममा बदनियतपूर्वक भएका तथ्य लोप बनाएको र निजी लाभका लागि लेखापरीक्षण गरेको दाबी अख्तियारको थियो ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, बैशाख १२, २०८० 0६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट