October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक खापर गाउँपालिकाले गर्यो नुन बिक्रि केन्द्र स्थापना – सेतीकर्णाली खबर

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २९, २०७९ १३:१६
स्वामिकार्तिक खापर गाउँपालिकाले गर्यो नुन बिक्रि केन्द्र  स्थापना – सेतीकर्णाली खबर

उमेश जङ्ग  शाही २९ फागुन , बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिकाको सुइजिउलामा नुन बिक्री केन्द आज स्थापना भएको छ। नुन बिक्री केन्द्रको उद्घाटन गाँउपालिका अध्यक्ष भरत रोकायाले गरेका छन । सो उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष सिहँ धामी ,१ वडाका अध्यक्ष अजय बिक , वडा नम्बर ५ का वडा सदस्य दिपक महतारा , वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामी , गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत अमर रोकाया लगायत गाउँपालिका कर्मचारीहरु र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । स्वामिकार्तिक खापर गाउँपालिकाले नेपाल साल्ट ट्रेडिङको नुन डिपो कोल्टीबाट १ लाख २० हजार रुपैयाको आयोडिन युक्त १ सय क्वीन्टल नुन खरिद गरेर स्वामिकार्तिक खापर गाउँपालिकामा नुन बिक्री केन्द्र स्थापना गरेको गाउँपालिका प्रवक्ता सिहँ धामिले सेतिकर्णाली खबरलाई बताएका छन। स्वामिकार्तिक खापर गाउँपालिका का ५ वटै वडाका स्थानियहरुले बुढिनन्दा नगरपालिकाको कोल्टी बजारबाट दैनिकरुपमा उपभोग हुने १०० रुपैयाको १० किलो नुन लिनको लागि आवत जावत गर्दा १ हजार रुपैया खर्चिनु पर्ने बाध्यता हटाउनको लागि गाउँपालिकामा नुन बिक्रि केन्द्र स्थापना गरिएको गाउपालिका अध्यक्ष रोकायाले बताए ।

आज गाउँपालिकाको नुन बिक्रि केन्द्र बाट १ सय जना स्थानियले ६ सय ४१ किलो नुन प्रति प्याकेट १२ रुपैयाका दरले किनेर लिएको वडा सदस्य नन्दलाल धामीले बताएका छन। आफ्नै गाउँपालिकामा नुन बिक्री केन्द्र स्थापना हुँदा स्वामिकार्तिक खापर गाउँपालिका स्थानिय बासिन्दाहरु खुसी भएका छन।

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २९, २०७९ १३:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट