October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रदेशबाट बिनियोजन हुने रकममा कुनै विभेद हुदैन, मन्त्री शाही ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन ९, २०७९ १५:५६
प्रदेशबाट बिनियोजन हुने रकममा कुनै विभेद हुदैन, मन्त्री शाही ।
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले कुनै पनि स्थानिय तहलाई विभेद नगरी प्रदेशबाट बजेट विनियोजन गर्ने बताउनुभएको छ।   मन्त्री शाहीले आफ्नो  गृहपालिका  स्वामिकार्तिक खापर गाउँपालिकाको स्वागत कार्यक्रममा   माननीय मन्त्री  शाहीले यस्तो  बताउनु भएको हो । मन्त्री  शाहीले स्वामिकार्तिक खापरको सभाहलमा  गाउँपालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रमको समेत उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहीले विगतमा योजना माग गर्न कमिसन खाने र दिने गरेको खुलासा भएको भन्दै त्यस्तो गर्ने र गराउनेलाई जेल हालिने बताउनुभयो ।
जनताको विकास योजनामा कमिसनको खेल हुने र यसले भ्रष्टाचार बढेको भन्दै त्यस्तो अपराध अक्षम्य हुने बताउनुभयो । उहाँले गाउँपालिकाको वडा नं एकमा रहेको मुक्तिकोट लगायत उच्च जोखिममा रहेका वस्ति स्थानान्तरणका लागि ठोस योजना बनाउने, गाउँपालिकालाई सडक सञ्जालमा जोड्न पुल निमार्णको प्रक्रिया यथा शिघ्र अगाडि बढाउने बताउनुभएको छ ।
गाउँपालिकाका अध्यक्ष भरत रोकायाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि मन्त्री शाही रहनुभएको थियो । कार्यक्रममा नेकपा एसका जिल्ला सचिव निरवहादुर शाही लगायत विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, गाउँपालिकाका उपाध्यक्ष मैना जोशी लगायत जनप्रतिनिधिहरु, कर्मचारी र आम सर्वसाधारणको उल्लेख्यनिय सहभागिता रहेको थियो ।

पार्टी अलग होला, धारणा र सिद्धान्त फरक होला तर सवैले गर्ने विकाश एउटै बाजुराका लागि हो भन्दै उहाँले बाजुराको विकास अपरिहार्य रहेको बताउनुभयो । बाजुराका ९ वटै स्थानिय तहमा फरक फरक पार्टीका नेताले जितेको बताउदै मन्त्री शाहीले जुन स्थानिय तहमा जुन पार्टीका नेताले जीते पनि प्रदेशबाट विनियोजन हुने बजेटमा कुनै विभेद नहुने बताउनुभयो ।
नेकपा एकिकृत समाजवादिका केन्द्रिय सदश्य समेत रहनुभएका मन्त्री शाहीले आफ्ना पार्टीका नेताले जीतेको स्थानिय तहमा थोरै बढि र अर्का पार्टीका नेताले जीतेको स्थानिय तहमा कम बजेट विनियोजन नभई आफुले सवै स्थानिय तहका लागि समान बजेट विनियोजन गरिने बताउनुभयो । विगतका दिनमा टुक्रे योजना बाड्दै आसेपासेलाई पोस्याउने प्रवृतिले गाउँ समाजमा विकाश नभएको भन्दै उहाँले अव स्थानियलाई आबश्यक पर्ने योजनालाई मात्रै प्राथमिकता दिने बताउनुभयो ।
स्थानिय सरकारले ब्यक्तिगत योजना भन्दा पनि सिङ्गो समुदायलाई समेट्ने गरी ठुला योजना छनोट गरी प्रदेशमा पठाएको खण्डमा सोही अनुरुप बजेट विनियोजन गरीने उहाँको भनाई छ । बुढीनन्दा नगरपालिकाको कार्यालयमा नगरप्रमुख जनक कुमार बोहोराको अध्यक्षतामा संञ्चालन भएको स्वागत तथा चियापान कार्यक्रमको प्रमुख अतिथि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाही रहनुभएको थियो ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन ९, २०७९ १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?