October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सांसदहरुको शपथ आज, सँस्कृतदेखि हिन्दीसम्मका भाषामा हुनेछ शपथ

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस ७, २०७९ 0२:२३
सांसदहरुको शपथ आज, सँस्कृतदेखि हिन्दीसम्मका भाषामा हुनेछ शपथ

 

७ पुस, काठमाडौं – नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् ।

शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार अधिकांश सांसदहरुले नेपाली भाषामा शपथ ग्रहण गर्दा २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् । नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् । उनीहरुले हिन्दीदेखि संस्कृतसम्मका भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् ।

नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय स्वतन्त्र पार्टीका ५, जनमत पार्टीका ४, जसपा, नागरिक उन्मुक्ति पार्टीका ३/३, स्वतन्त्र २ र कांग्रेस तथा नेकपा एमालेका एक/एक सांसदहरुले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् ।

नेकपा एमालेका राज अहमद फारुकीले उर्दु, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, मिना तामाङ, सूर्यमान तामाङले तामाङ भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् । यस्तै माओवादी केन्द्रका महिन्द्र राय यादवले हिन्दी भाषामा र उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिनेछन् ।

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस ७, २०७९ 0२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट