October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाँके जिल्लामा १८ वर्षकि एक युवती सामुहिक बलत्कृत

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ८, २०७८ 0४:0३
बाँके  जिल्लामा १८ वर्षकि एक युवती सामुहिक बलत्कृत

नेपालगन्ज — बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए । मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेको र त्यसपछि पुन: घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुन: घरमै लगेर बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ । पछि अर्का एक जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मधु न्यौपानेले जानकारी दिए । प्रहरीले कुटपिट तथा अपहरण र बलात्कारमा संलग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ ।- epepar Kantipur

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ८, २०७८ 0४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट