७ पुस, काठमाडौं – नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् । शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान […]
शुलभ चन्द पौष ५ बागलुङ – वडा अध्यक्ष हुँदा गाँजा सहित पक्राउ परेका बाग्लुङ निसीखोलाका सुर्यबहादुर घर्तीमाथी लागेको आरोप गाउँपालिका अध्यक्ष हुँदा ठहर भएको छ बाग्लुङ निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै निवास बाट पक्राउ परेका घर्ती मगर माथी लागेको लागूऔषध गाँजा -चरेस […]
५ पुस भरतपुर – नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक […]
४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए । दलको उपनेता, […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले […]
३ पुस बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाको कार्यालयमा ताला बन्दी गरिएको छ । करार कर्मचारीको म्याद थप नगरी हटाउने निर्णय गरेपछि नगरपालिका द्वारा म्याद थप नगरिएका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाको १३ औ बठैकले केही कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने निर्णय गरेको थियो । आफुहरुलाई जागिर बाट निकाल्नाका कुनै कारण नदेखाइ बिना कारण राजनितिक पुर्वाग्रह […]
बाजुरा १ पुस- बाजुराको कोल्टीमा नेकपा एमालेको अगुवा कार्यक्रर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा गर्न नेकपा एमाले बुढीनन्दा नगर कमिटीले आज कोल्टीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका कणर्बहादुर थापा र लालबहादुर थापाले जिल्लाको […]
अर्जुन बिष्ट मंसिर २६ रुकुम पस्चिम – जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट ४ को लेवा तर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा–५ दिपक […]
मंसिर २६ बाजुरा – विश्व खाध कार्यक्रमको आर्थिक सहयोग र एकीकृत बिकास समाज नेपालको सहजिकरणमा स्वामिकार्तिक गाँउपालिकाको वडा ४ छापु स्थित श्री कर्णाली आधारभुत बिधालयमा विधालय स्वास्थ्य पोषण सम्बन्धि पालिका स्थरिय वार्षिक समीक्षा कार्यक्रम, सयूक्त अनुगमन तथा भ्रमण कार्यक्रम गाउँपालिका उपाध्यक्ष मैना जोसी संयोजकत्वमा सम्पन्न भएको छ भने निमित्त प्रसाशकिय प्रमुख अमर रोकाया,शिक्षा प्रमुख दिपक […]
नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । जसमा खस आर्यबाट बाजुराका दयाल बहादुर शाहीकाे नाम पनि रहेकाे छ । एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस् आदिवासी जनजातितर्फ : पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, […]