वैशाख-१३ नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप लगाएका छन् मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ […]
वैशाख १३- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन्। मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रुपान्तरणमा नयाँ ढंगले जुट्ने पनि बताएका छन्।उपनिर्वाचनमा कांग्रेसले तनहुँ-१ र चितवन-२ मा उम्मेदवारी […]
बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्। बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ […]
४९ किलोमिटरको चौथो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवर र मञ्जु रावतले हात पारेका छन्। प्रतियोगिताको पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जु प्रथम भएका हुन्। दलबहादुरले निर्धारित दूरी ४ घण्टा ५४ मिनेट १० सेकेन्डमा पार गरे। उनी तेस्रो जुम्ला–रारा म्याराथनमा दोस्रो भएका थिए। ४ घण्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गर्दै जुम्लाकै धीर बुढा […]
चितवन,१२ वैशाख ।चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका छन् । उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । […]
तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक त्रिलाेकबहादुर चन्द र प्रहरी नायब निरीक्षक माधव चन्द ठकुरीलाई कैद तथा जरिवाना हुने सजाय सुनाएको छ । आइतबार भ्रष्टाचार मुद्दामा सजाय तोक्दै उनीहरूलाई तीन–तीन वर्ष कैदको सजाय सुनाइएको हो । विशेष अदालतका अनुसार जनही १५ लाख ४५ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ । साथै, उनीहरूबाट प्रतिव्यक्ति ३२ हजार एक सय ५० […]
काठमाण्डौ – तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजय भएका छन । हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। […]
बाजुरा जिल्लाकाे प्रदेश (क) कुण्डा क्षेत्रमा भर्खरै सम्पन्न भएको माथिल्लो कर्णाली जल महोत्सवले कुण्डा क्षेत्रकाे एकिकृत विकासका लागि ९ बुँदे घाेषणा पत्र जारी गरेको छ। विकास र समृद्धिको आधार निर्माणका रुपमा आयोजना गरिएको महोत्सव ९ बुँदे कुन्ना घोषणा पत्र संगै कृषि ,जल पर्यटन र धार्मिक, मौलिक परम्परागत रुपमा मनाउदै आएका साँस्कृति प्रस्तुत गर्दै महोत्सव सम्पन्न […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव आज देखि सुरु हुने भएको छ। वैशाख ४ गते देखि ७ गते सम्म कुण्डा क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना हुनेभएको छ। “जैविक कृषि, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृति संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुन्नति तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास” भन्ने मुल नारा साथ आज […]
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । धनगढीमा बुधबार शुरु भएको दुई दिने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ को उद्घाटन गर्दे मुख्यमन्त्री शाहले फेन्सिङलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिवद्धता पनि गरे । उनले प्रदेश सरकारले समग्र खेल जगतको विकास गर्नका लागि […]