बाजुरा, असार १० – जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा अन्तर्गत १८औँ अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ३८ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम पारित गरेको छ। गाउँसभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष काली बहादुर शाही ले सभामा बजेट प्रस्तुत गर्दै सामाजिक न्याय, सुशासन, पूर्वाधार विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा […]
सेतीकर्णाली खबर उमेश जंग शाही बाजुरा, असार १० – स्वामिकार्तिक खापर गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड १६ लाख २ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ। गाउँसभामा उपाध्यक्ष सुलोचना भण्डारीद्वारा प्रस्तुत चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाको कुल विनियोजित बजेट ३८ करोड ३ लाख ६७ हजार १ सय ६९ […]
सेतीकर्णाली खबर बाजुरा, असार ९ – जगन्नाथ गाउँपालिकाले कृषि उत्पादन, उद्यम विकास र आयआर्जनलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभा तथा १८औँ अधिवेशनमार्फत अध्यक्ष कालीबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। गाउँपालिकाको मूल नारा “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको […]
बाजुरा, असार ९ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा गाउँ सभाको १८औँ गाउँ अधिवेशन सम्पन्न गरिएको छ । “उद्यमशीलता, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, कृषि र खेलकुद—समृद्ध स्वामीकार्तिक खापर” भन्ने पवित्र र दूरदर्शी संकल्पका साथ स्वामीकार्तिक खापर गाउँपालिकाको १८ औँ गाउँसभा भव्य रूपमा सम्पन्न भएको छ । जनताको आशा, अपेक्षा र विकासप्रतिको गहिरो विश्वासलाई आत्मसात गर्दै पञ्चायती […]
सेतीकर्णाली खबर – २५ जेठ बाजुरा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराको प्रथम जिल्ला अधिवेशनबाट सोमबार नयाँ कार्य समिति चयन गरिएको छ । जिल्ला कार्य समितिको नयाँ कार्य समितिको सभापतिमा नवराज जैशी पुनः निर्वाचित भएको निर्वाचन समिति संयोजक शंकर गिरीले बताउनु भएको छ । रास्वपाको प्रथम जिल्ला अधिवेशनपछि जिल्ला कार्य समितिको सर्वसम्मत रुपमा जैशी सभापति रहने […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १३ जेठ बाजुरा — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकालाई जोड्ने कर्णाली नदीमा पानीको बहाव बढेसँगै गाडी तार्ने किस्ती (फेरी सेवा) पुनः प्रभावित भएको छ। वर्षायाम सुरु भएसँगै नदीमा बहाव बढ्दा सवारी साधन वारपार गराउने सेवा अवरुद्ध हुँदा स्वामिकार्तिक खापर गाउँपालिकाका पाँच वटै वडामा यातायात तथा ढुवानी सेवा ठप्प […]
सेतीकर्णाली खबर ९ जेठ बाजुरा–बाजुरा जिल्लाको हिमाली गाउपालिका ३ वडामा पर्ने लाम्पाटा, च्याँचौर रानीसैन क्षेत्रमा भएको घटना कुनै सीमा विवाद नभई प्रहरी चौकी रोक्ने मौका भएको भन्दै तत्काल छानबिन गरी शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ । शनिवार नेपाल भोटे जनजाति सेवा संघले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै घटनामा संलग्न दोषिलाई पक्राउ […]
काठमाडौँ — सरकारले १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति बनाउने भएको छ । शनिबार सार्वजनिक सय कार्यसूचीका ४३ नम्बर बुँदा सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख गरिएको छ । ‘देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने, सो समितिमा […]
यसियन लाईफ ईज्स्याेरेन्स बाजुरा शाखा कार्यालय बाजुरा ले आज अभिकर्ता अभिमुखिकरण पुनर्ताजकिय तालिम सम्पन्न भएकाे काे छ। बाजुरा शाखामा रहेका आफ्ना अभिकर्ता हरुलाई याे बर्षकाे यश बिच क्षेत्र मा रहेका आफ्ना अभिकर्ता हरुलाई आज पुर्नताजकिय तालिम सञ्चालनमा ल्याएकाे बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला मा रहेका अभिर्ता हरुलाई गांउमा गएर सेवा ग्राही हरुलाई […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही, ७ फागुन बाजुरा-मातृभुमि लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा स्वामिकार्तिक खापर गाउँपालिका वडा नं.४ वाई स्वामिकार्तिक माविमा शुक्रबार Global Money Week 2026 को अवसरमा बाजुरामा ‘Smart Money Talks’ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम अन्तर्गत स्वामिकार्तिक माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई बचत, खर्च व्यवस्थापन, बैंकिङ सेवा र वित्तीय साक्षरताबारे जानकारी प्रदान गरिएको कोल्टी […]