उमेश रोकाया,७असोज/बाजुरा- स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे छन। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकैको लेख झिनीमा स्याउ लटरम्मै बजार अभाव थन्कियो बारीमा रहेकोे स्थानीय मोहन रावतले बताएका छन। विगत लामो समय देखि नै स्याउ खेती झिनी लेखमा गरिरहेका छौ। वर्षौं स्याउ बोट फलाउने गरेपनि बजारीकरण नहुदा रुखको बारीमा रहने गरेको छ। […]
उमेश जङ्ग शाही/बाजुरा- रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ जेरामा रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि कृषि जैविक विविधता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका सभा अध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अमर बहादुर […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक बनेको छ्न। गाउँका कृषकलाई स्याउ र ओखर गाउँपालिकाले बितरण गर्दा स्थानीय अगुवा कृषकलाई फलफूल खेतीबाट आकर्षक भएका छन। कृषकले लगाएको फलफूल जोगाए बापत ५ किलोग्राम चामल दिने भएकोले स्याउ र ओखर खेतीमा बढी जोड दिइएको छन। गाउँ घरमा अहिलेसम्म गरेको कृषि […]
देबराज पाध्याय साउन ८ बाजुरा – आइतबारराति आएको अबिरल बर्षाका कारण बडिमालिका नगरपालिका ७ ढम्कने,दुदुली खम्म का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन । राति आएकाे अबिरल बर्षाका कारण घर वरिपरिकाे जमिन पुरै बगाएपछि बडिमालिका सात रवाताेली,दुदुलि,खम्म,बकेजुल,किलामस्टा रढम्कनेका दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिमा रहेकाे वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छ । अबिरल बर्षाले कुनै मानविय […]
सेतीकर्णाली खबर/बाजुरा १७ असार । बाजुराकाे जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा तेहौ अधिवेशनले १८ वटा विधेयक पास गरेकाे छ । हिजाे पालिकामा बसेकाे गाउँसभाले १८ वटा विधेयक पास गरेकाे जनाएको छ । यी हुन् गाउँसभाबाट पास भएका विधेयकहरू 1. पूर्वाधार बिधेयक, २०८० 2. तथ्यांक अभिलेख व्यवस्थापन बिधेयक ,२०८० 3. न्यायिक समितिमा आएका उजुरीहरु कारबाही किनारा […]
बाजुरा– राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाका ९ वटै पालिकाका कषि शाखा र कृषि ज्ञान केन्द्र बाजुराले पनि शुक्रबार धान दिवस मनाएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ शुक्रबार २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बाजुरामा पनि मनाइएको हो । असारे भाकामा गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको […]
सेतीकर्णाली खबर ,११ असार बाजुरा बुढीनन्दा नगरपालिकाले ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख रामबहादुर बोहराले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि नगर सभामा बजेट प्रस्तुत गरेका हुन् । संघिय र प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार […]
सेतीकर्णाली खबर पवन बिक ११ असार बाजुरा जिल्लाको कुण्डा क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ३५ करोड ८९ लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १२ औँ अधिवेशन तथा दोश्रो गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निर्देशनमा वडाअध्यक्षद्धारा आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गरीएको हो । संघिय […]
सेतीकर्णाली खबर २ असार, धनगढी /सुदूरपश्चिम सरकारले चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड […]
सेतीकर्णाली खबर – ३२ जेठ, बाजुरा / बुढिनन्दा नगरपालिकामा कृषक संग नगर प्रमुख कार्यक्रम प्रभाकारी बन्दै गएकाे छ्। ९५ जना सफल कृषकहरूलाई प्राेत्साहन सहित सम्मान गरेका छन् । नगरपालिकामा २०७९/०८० मा संचालित कृषक संंग नगर प्रमुख कार्यक्रम अन्तर्गत बुढीनन्दाले प्रति कृषकहरूलाई २५ सयका दरले प्राेत्साहन सहित सम्मान गरेकाे हाे । बुढिनन्दा नगरपालिकाकाे आयाेजनामा २०७९ असाेज १६ […]