सेतीकर्णाली खबर शारदा शाही ,मंसिर ४ बाजुरा – बाजुरामा भेडा तथा बाख्रापालन व्यवसायलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले बृहत् भेडा तथा बाख्रापालन कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रममार्फत किसानलाई आर्थिक सहयोगदेखि उत्पादनको बजार, बीमा, गोठ निर्माण र पशु उपचारसम्मका सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। ADB (एसियाली विकास बैंक) को आर्थिक सहयोगमा सञ्चालन हुने […]
बाजुरा, कार्तिक २५ । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका – ६ स्थित सेर भन्ने ठाउँमा आगलागी हुँदा स्थानीय नन्दु नेपालीको घरको छाना पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहीबार बिहान करिब ८:१५ बजेतिर भएको आगलागीबाट ठूलो भौतिक क्षति भएको छ। स्थानीय बासिन्दा कुसल बुढाका अनुसार बिहान अचानक घरको छानामा आगो सल्किएपछि स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास […]
दुर्गम क्षेत्रका पीडा, विकासका सम्भावना र बेथितिविरुद्ध निरन्तर खबरदारी गर्दै आएको सेती कर्णाली खबर छैटौँ वर्षमा प्रवेश गरेको छ। कार्तिक ७ बाजुरा । उषाकिरण मल्टिमिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित अनलाइन सञ्चारमाध्यम सेती कर्णाली खबर डटकमले पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ। २०७८ साल कार्तिक ७ गते आधिकारिक रूपमा कम्पनी दर्ता गरी सुरु गरिएको […]
सेतीकर्णाली खबर शारदा शाही असोज २२ बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीय शिक्षा योजना र प्राथमिकतामाथि छलफल तथा कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। गाउँपालिकाको कार्यालयमा २०८३ असोज २१ गते आयोजित कार्यशाला गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रमेशराज भण्डारी, […]
सेतीकर्णाली खबर मनिषा शाही २१ असोज बाजुरा — वडा दशैं २०८३ को अवसरमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ जेराम स्व. जयलाल शाही स्मृति खुल्ला भलिबल कप र देउडा आयोजना हुने भएको छ। जेरा भ्याली युवा समाजको आयोजनामा हुने प्रतियोगिता भैरवनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमले रु. ५५ हजार ५ […]
सेतिकर्णाली खबर उमेश जङ्ग शाही भाद्र २२ बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटका स्थानीय दिनेश शाही स्वास्थ्य सेवा र कृषि क्षेत्रमार्फत गाउँमै स्वरोजगार बन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्। जनता क्लिनिकमा अहेवका रूपमा कार्यरत शाहीले विगत चार वर्षदेखि जुकोट गाउँमा कोही बिरामी परेको खबर पाउनासाथ घरघरमै पुगेर उपचार सेवा दिँदै आएका छन्। गाउँमा स्वास्थ्य सेवा सहज […]
यसियन लाईफ ईज्स्याेरेन्स बाजुरा शाखा कार्यालय बाजुरा ले आज अभिकर्ता अभिमुखिकरण पुनर्ताजकिय तालिम सम्पन्न भएकाे काे छ। बाजुरा शाखामा रहेका आफ्ना अभिकर्ता हरुलाई याे बर्षकाे यश बिच क्षेत्र मा रहेका आफ्ना अभिकर्ता हरुलाई आज पुर्नताजकिय तालिम सञ्चालनमा ल्याएकाे बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला मा रहेका अभिर्ता हरुलाई गांउमा गएर सेवा ग्राही हरुलाई […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही, ७ फागुन बाजुरा-मातृभुमि लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा स्वामिकार्तिक खापर गाउँपालिका वडा नं.४ वाई स्वामिकार्तिक माविमा शुक्रबार Global Money Week 2026 को अवसरमा बाजुरामा ‘Smart Money Talks’ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम अन्तर्गत स्वामिकार्तिक माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई बचत, खर्च व्यवस्थापन, बैंकिङ सेवा र वित्तीय साक्षरताबारे जानकारी प्रदान गरिएको कोल्टी […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ५ चैत्र बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिका–४ देउरामा बुधबार आयोजित “कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२” उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको छ। स्थानीय बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै आयोजना गरिएको मेलाले क्षेत्रमै नयाँ सन्देश दिएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुलोचना कुमारी बुढा सभापतिका रूपमा उपस्थित […]
बाजुरा: बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका […]