May 30, 2026 | शनिबार, जेष्ठ १६, २०८३

बझाङमा कुवँरको आत्मविश्वास: ४ हजार मतान्तरले विजय हुने दाबी

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन १६, २०८२ १३:५८
बझाङमा कुवँरको आत्मविश्वास: ४ हजार मतान्तरले विजय हुने दाबी

बझाङ जिल्लाको आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका मीन बहादुर कुवँरले आफू ३००० देखि ४००० मतान्तरले विजयी हुने ठोस आधार तयार भएको दाबी गर्नुभएको छ। कुवँरले आज आफ्नो सामाजिक संजालमा पोस्ट गर्दै आफू निरन्तर घरदैलो, टोलभेला, जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत प्राप्त जनसमर्थन, संगठनात्मक एकता र निर्वाचन परिचालनको सशक्त रणनीतिका कारण पार्टी  आफु ३०००-४००० मतान्तर ले बिजय हुने  दाबि गर्नु भएकाे छ ।
उम्मेदवार कुवँरले जिल्लाका विभिन्न स्थानीय तह—जयपृथिवी नगरपालिका, बुङल नगरपालिका, मष्टा, केदारस्युँ, दुर्गाथली, खप्तड छन्ना, सुर्मा लगायतका क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ। घरदैलो अभियानका क्रममा जनताबाट प्राप्त सकारात्मक प्रतिक्रिया, युवावर्गको सक्रियता र महिला सहभागिताले आफू उत्साहित भएको उहाँले बताउनुभयो।
“हामीले विकास, सुशासन र पारदर्शितालाई मुख्य एजेण्डा बनाएका छौँ। जनताले विगतका कमजोरीहरूबाट सिकेर यसपटक परिवर्तनको पक्षमा मत दिने दृढ संकेत दिएका छन्,” कुवँरले भन्नुभयो।
संगठनात्मक एकता र रणनीतिक तयारी
पार्टी स्रोतका अनुसार १२ वटै स्थानीय तहबाट प्राप्त रिपोर्टिङ, मतदाता सूचिको विश्लेषण, अघिल्ला निर्वाचनको मतपरिणाम अध्ययन तथा मतदान केन्द्रस्तरीय संयन्त्र परिचालनले पार्टीलाई स्पष्ट अग्रता दिलाउने आकलन गरिएको छ।
कुवँरका अनुसार प्रत्येक वडामा जिम्मेवारी तोकिएको छ, युवा स्वयंसेवक परिचालन गरिएको छ र मतदानका दिन मतदाता व्यवस्थापनदेखि निगरानीसम्मको तयारी पूरा भएको छ। “हामी केवल जितको नारा होइन, व्यवस्थित तयारीसहित मैदानमा छौँ,” उहाँले दाबी गर्नुभयो।
विकास र सुशासनका प्रतिबद्धता
उम्मेदवार कुवँरले बझाङमा सडक पूर्वाधार विस्तार, स्वास्थ्य तथा शिक्षामा गुणस्तरीय सेवा, कृषिमा आधुनिकीकरण, रोजगारी सिर्जना र पारदर्शी प्रशासनलाई प्राथमिकता दिने घोषणा गर्नुभएको छ।
विशेषगरी दुर्गम बस्तीहरूमा आधारभूत सेवा पु¥याउने, युवा पलायन रोक्न स्थानीय स्तरमै अवसर सिर्जना गर्ने र प्राकृतिक स्रोतको सदुपयोगमार्फत आर्थिक समृद्धि हासिल गर्ने आफ्नो स्पष्ट योजना रहेको उहाँले बताउनुभयो।
स्वच्छ निर्वाचनको आह्वान
कुवँरले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै सम्पूर्ण मतदाता, राजनीतिक दल, सुरक्षाकर्मी र निर्वाचनकर्मीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ। “जनताको मत नै सर्वोच्च हो। हामी परिणामलाई सम्मान गर्छौँ तर जनमत हाम्रो पक्षमा स्पष्ट देखिएको छ,” उहाँले भन्नुभयो।
प्रतिस्पर्धी दलहरूको सक्रियता
जिल्लामा अन्य राजनीतिक दलहरूले पनि आ–आफ्नो जितको दाबी गरिरहेका छन्। चुनावी माहोल दिनप्रतिदिन तातेको छ। तथापि, नेपाली कम्युनिष्ट पार्टी पक्षले ३००० देखि ४००० मतान्तरको विजय सुनिश्चित हुने दाबी दोहोर्‍याउँदै आएको छ।
अन्तिम निर्णय भने आगामी मतदान र मतगणनाले गर्नेछ। तर हालको जनलहर, संगठनात्मक मजबुती र कार्यकर्ताको उच्च मनोबलका आधारमा कुवँर पक्ष अत्यन्त आत्मविश्वासका साथ चुनावी मैदानमा उभिएको देखिन्छ।

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन १६, २०८२ १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  