
सेतीकर्णाली खबर
माघ ६ बाजुरा
आसन्न फाुगन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि बाजुराबाट एक स्वतन्त्र सहित सात दलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
मंगलबार (आज) भएको मनोनयन दर्तामा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले मालिका टुडेलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार नेपाली काँग्रेसका जनकराज गिरी,नेकपा एमालेका लालबहादुर थापा,नेपाली कम्युुनिष्ट पार्टीका प्रकाश बहादुर शाहले मनोनयन दर्ता गराएको बताए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केशर बहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले तोकिएको समयमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताएका छन् ।
विहान १० बजेबाट मनोनयन दर्ता सुरु भएपनि यहाँका राजनितिक दलहरुले समय तोकेर दिउँसो १ बजेबाट मनोनयन दर्ता गराएको हुन् ।
मनोनयन दर्तापछि उम्मेदवारहरुले आ आफ्नै एजेण्डाहरु अघि सारेका छन् । आर्र्थिक, सामाजिक र विकासका कार्यमा लाग्ने प्रतिवद्धता सहित आफुहरुले उम्मेदवारी दिएको संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
मनोनयन दर्तापछि भोलि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य तालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
