September 16, 2024 | सोमवार, भदौ ३१, २०८१

स्थानिय निर्वाचन विशेष : बुढिगंगामा ३७ प्रतिशत मत खस्यो

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २३, २०७९ 0७:0२
स्थानिय निर्वाचन  विशेष : बुढिगंगामा ३७ प्रतिशत  मत खस्यो

बाजुरा- जिल्लाको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखी ११ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।११:०० बजे ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्बाचान कार्यालयले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन । १० वटा मतदानस्थल र १९ वटा मतदान केन्द रहेका छन । १३ हजार ६ सय ५९ मतदाता रहेको बुढिगंगा नगरपालिकाको मतदानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको प्रमुख जिल्ला अधिकारीले बताएका छन । अहिलेसम्म शान्तीपूर्ण तथा स्वतन्त्र र मर्यादित ढङ्गले मतदान भइरहेको बुढिगंगा नगरपालिका निर्वाचन कार्यालय अधिकृत लक्ष्मण कठायतले जानकारी दिए.. ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो ।

  • सेती कर्णाली खबर
  • -