January 16, 2026 | शुक्रबार, माघ ३, २०८२

जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औँ अधिवेशन सम्पन्न

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ३, २०८२ १७:१९
जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औँ अधिवेशन सम्पन्न

सेतीकर्णाली खबर

२माघ बाजुरा- जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औं अधिवेशन सम्पन्न भएको छ । “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार जगन्नाथ गाउँपालिका विकासको मूल आधार” भन्ने नाराका साथ गाउँपालिकाको केन्द्र जुड्डीमा संचालन भएको अधिवेशन सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीको अध्यक्षतामा संचालन भएको अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो। गाउँसभाले विभिन्न महत्त्वपूर्ण कार्यसूची प्रस्तुत तथा छलफल भएको गाउँपालिकाले जनाएको छ।
अधिवेशनमा लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२, बेरुजु फछ्र्यौट कार्यविधि २०८२, गाउँसभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ माथि छलफल भई पेश गरिएको पालिकाले जनाएको छ । दोस्रो गाउँसभा तथा १७ औं अधिवेशनमा सम्बन्धित विषयमा सम्बन्धित सदस्यहरूले प्रस्ताव पेश गरेका थिए भने छलफलपछि आवश्यक निर्णयहरू पारित गरिएको छ।
गाउँपालिकाले स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले यस्ता कार्यविधि तथा विधेयकहरू अघि सारेको जनाएको छ ।  कार्यसूचीअनुसार प्रस्तावहरू प्रवक्ता गणेशराज गिरी, वडाअध्यक्ष धनवीर सार्की, गौरी सार्की, रेशम बहादुर शाहीले पेश गरेका थिए ।अधिवेशनमा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहीले पालिकाको समग्र विकासका लागि नीति, विधि र आर्थिक अनुशासनलाई सुदृढ बनाउँदै पारदर्शी र जनमुखी सेवा प्रवाहमा जोड दिनुपर्ने  संकेत गर्नु भयो  ।
त्यस्तै आर्थिक,प्रशासनिक तथा कार्यविधिगत प्रस्तावहरू प्रस्तुत गर्दै पारित भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा कर्मचारी संयन्त्र प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाहीको भनाइ रहेको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ३, २०८२ १७:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट