October 30, 2025 | बिहिबार, कार्तिक १४, २०८२

काठमाडौबाट धनगढी जादैगरेको बस दुर्घटना : एक जनाको मृत्यु , पाच जना घाइते

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक १४, २०८२ 0२:0६
काठमाडौबाट धनगढी  जादैगरेको बस दुर्घटना : एक जनाको मृत्यु , पाच जना घाइते

काठमाडौं— कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५ ०६ नं.को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरू घाइते भएका हुन् ।

दुर्घटनामा परेका अन्दाजी ५०\५५ वर्षका पैदल यात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले बताए ।

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक १४, २०८२ 0२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट