सेतीकर्णाली खबर
उमेश जङ्ग शाही माघ २९ मुगु-खत्याड गाउँपालिकाले आइतबार पाँचवटा महत्त्वपूर्ण निर्णय पारित गर्दै १७ औँ गाउँ अधिवेशन सम्पन्न गरेको छ।
“मिलेर फालौँ भ्रष्टाचारको जालो,सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो” भन्ने मुलनाराका साथ खत्याड गाउँपालिकामा गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको सभाअध्यक्षतामा १७ औँ गाउँ अधिवेशन आइतबार गाउँपालिकाको सभाहलमा बहुमतसाथ पाँच ओटा महत्त्वपूर्ण निर्णय पारित गर्दै सम्पन्न भएको छ।
खत्याड गाउँपालिकाको सभाहलमा १७ औँ गाउँ अधिवेशनको उद्घाटनसत्र हरि बुढाले सञ्चालन गर्नु भएको हो।खत्याड गाउँपालिका गाउँ कार्यपालिकाबाट विभिन्न मितिमा पारित भएका निम्न कार्यविधिहरु सभामा अनुमोदन भएको छन।
स्रोतकेन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, नदिजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि, खानेपानी मुलदर्ता एवम् खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन कार्यविधि, खत्याड गाउँपालिकाको विद्युतीय हाजिरी सञ्चालन कार्यविधि, झुगला-रातापानी-माझचौर-जाम-मसाने सडक खण्ड र कालाकाँडा-पाँचे-गम्था-नखर्जी सडक खण्डमा पर्ने जग्गाको नयाँ मूल्य कायम ,१६ औं अधिवेशनबाट स्वीकृत वार्षिक विकास बजेटको केही खर्च शिर्षकमा रकमान्तर ,मिति २०८१ श्रावण १ गते देखि मिति २०८१ साल माघ २४ गते सम्म भएका खत्याड गाउँपालिका गाउँ कार्यपालिकाका निर्णयहरु अनुमोदन र खत्याड गाउँपालिका अन्तरगत रहेका साविकका गाउँ विकास समितिमा दोयम, सिम, चाहार अनुसार जग्गाको मूल्य निर्धारण लगाएत पाँचओटा महत्त्वपूर्ण निर्णय बहुमतका साथ गाउँ अधिवेशनबाट पारित भएको गाउँपालिकाले सेतीकर्णाली खबरलाई जनाएको छ।
२४ गते कार्यपालिका बैठक बसेर २७ गते गाउअधिवेसन सम्पन्न गर्नको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत बाशुदेब कार्कीको संयोजकत्वमा ५ सदस्यिय समिति गठन भयो। २५ गते बिहान १० बजे उपाध्यक्ष सरिता रोकायाले बैठक बसेर छलफल गर्ने भनि समय माग्नु भएको र त्यो समयमा उपाध्यक्षको उपस्थिति नहुँदा पटक पटक फोन गरेर बोलाउँदा उपाध्यक्ष रोकायाले आउँछु भन्दै दिउसो१ बजे सम्म उपस्थिति नभएपछी बैठकबाट निकियौँ। २६ गते २ जना स्थानीयबासिको निधन भएकाले मलाम (दाहसंस्कार)मा जानु परेको हुँदा बैठक बसेर छलफलको समय नमिलेको हुँदा २७ गते पनि उपाध्यक्षलाई पटक पटक बोलाउँदै दिउसो १ बजे सम्म पर्खेँदा गाउँसभा उद्घाटनमा आँउछु भन्नु भएको र उपाध्यक्ष सहित केहि सभाषद उपस्थिति नभएको र काँग्रेस,एमाले निकटका केहि कार्यपालिका सदस्यलाई काग्रेस र एमालेका अगुवाले गाउँसभामा जान नदिएको ,रोकेको कार्यपालिका एकजना सदस्यले फोन गरेर जानकारी गराएको हुँदा निति र बिधि अध्यायनगरि ५०% प्रतिशत सभाषदको उपस्थितिमा गाउँपालिकाको गाउँ सभा सञ्चालन गर्न पाउने नियमलाई टेकेर गाउँसभा सञ्चालन गरेर खत्याड गाउँपालिकाबासीको हितका लागि सकरात्मक बिकासको पक्षमा पाँचओटा महत्त्वपूर्ण निर्णयहरु पारित गर्दै १७ गाउँ अधिवेशन सम्पन्न भएको गाउँपालिका अध्यक्ष अजबहादुर शाहीको भनाइ रहेको छ भने उपाध्यक्ष सरिता रोकायाले २४ गते कार्यपालिका बैठक नटुङ्गिएको हुँदा २५ गते बिभिन्न कारण आफु बैठक बस्न नसकेको र २६ गते दुइजना स्थानिय बासिको निधन भएकोले आफुलाई पनि त्यो दिन पनि बैठक बस्ने परिस्थिति नबनेपछि २७ गते केहि कार्यपालिका सदस्य संग वडाका योजनाको बारेमा छलफल गरिरहेको बेला १७ औँ गाउँसभा उद्घाटन भयो भन्ने सुने पछि कार्यपालिकाको बैठक नटुङगिएर गाउँसभा उद्घाटन हुन्छ भने निति र बिधि अनुसार गाउँसभा उद्घाटन नभएकोले आफु र कार्यपालिका सदस्य गाउँसभामा सहभागि नभएको गाउपालिका उपाध्यक्ष सरिता रोकायाको भनाइ रहेको छ।
खत्याड गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८१ साल माघ १० गतेको ८३ औं कार्यपालिकाको बैठकको निर्णयानुसार मिति २०८१ साल माघ २७गते आईतवारका दिनका लागि गाउँपालिका अध्यक्षबाट खत्याड गाउँपालिकाको १७ औं अधिवेशन (विधायन अधिवेशन) आव्हान भएको व्यहोरा अवगत गर्दै मिति २०८१ साल माघ २७ गते सम्पन्न भएको १७ औं अधिवेशन (विधायन अधिवेशन) देहायका निर्णय गर्दै सु-सम्पन्न भएको व्यहोरा विज्ञप्ति सार्वजनिक गरिएको गाउँपालिका प्रवक्ता भरत शाहीले सेतीकर्णाली खबरलाई जानकारी गराउनु भएको छ।
खत्याड गाउँपालिकाले सार्वजनिक गरेको विज्ञप्ति पढ्नुहोस।