September 24, 2026 | बिहिबार, अशोज ८, २०८३

ग्रामीण सडक पहिरोले अवरुद्ध हुँदा आवातजावतमा समस्या

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ४, २०८० 0८:४४
ग्रामीण सडक पहिरोले अवरुद्ध हुँदा आवातजावतमा समस्या

उमेश रोकाया/बाजुरा- पहिरोले ग्रामीण सडक अवरुद्ध हुँदा आवातजावत समस्या भएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ को उपरीकोट देखि बुन्ना सम्म सडकमा ठाउँ ठाउँमा पहिरोले गर्दा आउन र जान निकै समस्या भएको छ। साउन महिनाको २५ गते रातभरि आएको अविरल बर्षाले गर्दा ग्रामीण सडक अन्तर्गत पर्ने उपरीकोट देखि बुन्ना सम्म बीच बीचमा सडक खण्ड खोला बगाउँदा समस्या भएको स्थानीय दिर्ग थापाले बताउनुभयो।

निरन्तर चलिरहेको सडक बन्द हुँदा सवारी साधन चलन रोखिएको छ्न। सडक बन्द भएको कारणले जिप संगै स्थानीय मान्छेलाई आवातजावत ठुलो समस्या भोग्नुपरेको छ। पहिला गाउँ भन्दा अलि माथी बाट गाडी चड्नुका साथै खाद्यान्न समेत ओसारपसार गर्न सजिलो भएको हुन्थ्यो। आजभोलि सडकमा पहिरोको कारणले गर्दा बोकेर सामान ल्याउनुपर्ने बाध्यता रहेकोे स्थानीय गोर बहादुर रोकायाले बताएका छ्न।

सडक बन्द नहुनु भन्दा अगाडी धुलाचौर बाट धिम गाउँ हुँदै बुन्ना सम्म जिप रिजर्भ गरेर आवातजावत गर्ने गरिन्थ्यो। धिम गाउँ भन्दा ६ किलोमीटर माथि रहेको उपरिकोट देखी बुन्ना सम्मको करिव २ किलोमीटर सडक खण्डमा पर्ने ठाउँमा पहिरो संगै जमिन भासिएका कारणले गर्दा पाँडी गाउँमा रहेका स्थानीयलाई मान्छेलाई आउन र जान निकै समस्या भोग्नुपरेको स्थानीय शेर बहादुर भण्डारी बताए।

अहिले सडक बन्द हुँदा धुलाचौर बजार बाट किनेर ल्याएको नुन, तेल, चिनी सहित आवश्यक सामान ल्याउनका लागी उपरिकोट सम्म गाडीहरूमा चडेर आउने गरिन्छ। भने केही ठाउँमा सडक भत्किएको हुँदा ठुलो भारी पिठ्युँमा बोकेर घरमा ल्याइने गरेको छ। सडक सुचारु भयो भने गाउँका अधिकास मान्छेलाई सहजीकरण अवस्था रहने भएको छ। गाउँमा सर्वसाधारण व्यक्तिलाई गाडी चल्ने बित्तिकै बजारदेखि गाउँमा आउन जान सजिलो हुने भएको स्थानीय भण्डारीले बताएका छन।

गाउँपालिका केन्द्र धुलाचौर बजार बाट गाडीमा चड्नु पर्ने भएपनि धिम गाउँ हुँदै उपरोकोट सम्म जिप चल्ने गरेका छन। उपरिकोट देखि बुन्ना सम्म सडक निर्माण कार्य सम्पन्न भएको छ। उक्त सडकमा साउन महिनामा आएको अविरल बर्षाले गर्दा सडक खण्डमा पहिरो आएको र जमिन भासिएका कारणले सडक अवरुद्ध अवस्था रहेकोे छ। सडक भन्दा हुँदा स्थानीय खाद्यान्न तथा रासन जस्ता सामान बोकेर गाउँमा पुर्‍याउने पर्ने बाध्यता रहेकोे स्थानीयले बताएका छन।

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ४, २०८० 0८:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  