October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

११ घरका बाढी पीडितलाई खाद्यान्न सामाग्री अध्यक्ष मल्ल द्रारा हस्तान्तरण

  • सेती कर्णाली खबर
  • सोमवार, साउन २९, २०८० १५:५0
११ घरका बाढी पीडितलाई खाद्यान्न सामाग्री अध्यक्ष मल्ल द्रारा हस्तान्तरण

उमेश रोकाया/बाजुरा- ११ घरका बाढी पीडित खाद्यान्न सामाग्री गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल द्रारा हस्तान्तरण गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा आएको साउन १२ गतेको भारी बर्षाका कारण क्षती भएका ११ घरपरिवार लाई सामाजिक अभियानता रिता शाहीले सहयोग गर्नुभएको छ। बाढी पीडित घरका प्रत्येक घरका व्यक्ति लाई एक कट्ठा चामल १ पाकेट तेल १ पाकेट नुन १ पाकेट भुजा १ किलोग्राम चिनी १ गेलन १ डेक चियापति पीडित परिवारलाई गाउँपालिकामा दिएको छ।

सामाजिक अभियानता रिता शाही लाई सहयोग धन्यवाद व्यक्त गरेका छन। अहिले आफ्नो वडा भएको समस्या लाई सहज रूपमा सहयोग गरिएकोमा हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले धन्यवाद दिएका छन।

सधै सहयोग गरिरहने सामाजिक अभियानता शाही सर्व प्रथम धन्यवाद दिएका छन। आगामी आउने समस्या हरुलाई बुझेर थप सहयोग गर्नु हुने आशावादी रहेकोे हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन। अहिलेसम्म हरेक सामाजिक समस्यालाई पटकपटक सहयोग भएको छ। विभिन्न बाढी पीडित भएको समयमा समस्या समाधान काम गरेकोमा शाही फेरि पनि धन्यवाद गाउँपालिका तथा व्यक्तिगत रूपमा धन्यवाद व्यक्त गरेको अध्यक्ष मल्लले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • सोमवार, साउन २९, २०८० १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट