September 7, 2025 | आइतवार, भदौ २२, २०८२

९०दिने दन तथा गलैचा बुनाई तालिम सम्पन्न

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ ३०, २०८० १२:३७
९०दिने दन तथा गलैचा बुनाई तालिम सम्पन्न

बाजुरा – बाजुरा जिल्ला काे सदरमुकाम मार्तडीमा भाेटेजनजाति सेवा समितिकाे आयाेजना मा गलैंचा बुनाई सम्वन्धि ३ महिने तालिमको सम्पन्न भएको छ ।
बडीमालिका नगरपालिकाको आर्थिक सहयोग, घरेल तथा साना उद्योग कार्यालयको बाजुराकाे साझेदारी मा र नेपाल भोटे जनजाति सेवा समिति संघ केन्द्रिय कार्यालय बाजुराको आयोजनामा ३ महिना देखि संचालन भएको उक्त तालिमलाई आज सम्पन्न गरिएको हो ।
भाेटे जनजातिले आफ्नाे परम्परा बाट बुनेकाे दन तथन गलैचालाई सबैले मन नपराउने भएकाेले याे नया तरिका काे दन गलैचा बनाएकाे हाे ।अब हामी दार्चुला काे जस्तै दन तथा गलैचा बाजुरामा बनाउन सक्ने प्रशिक्षार्थि बताएका छन् ।
बाजुरामा पनि उन उत्पादन हुने भएकाले साे उनलाई सदुपयाेग गर्न र आफ्जाे आया आर्जनमा तिर अगाडि बडाउन सकिने छ हामिले बुनेकाे गलैचा तथा दन अब बाजुरा जिल्ला र बाहिर सम्म बिक्री हुने आयाेजक भाेटेजनजाती समन्वय सेवा समिति संयोजक बुद्धी बोगटी, बताएका छन् ।
९०दिने वा ३ महिने उक्त तालिमको समापन बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले एक कार्यक्रमका विच समापन गरेका छन् । तालिमको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले भोटे जनजाति समयुदायको परम्परागत पेशालाई यो तालिमले थप उर्जा थपेकाे छ र याे कार्यक्रम प्रभावकारी र आत्मनिर्भर बन्न सजिलो हुने बताएका छन् । उहाँ हरु आफै संग दनतथा गलैचाकाे कच्चा पदार्थ हुन्छ र आफै दन बुन्ने भएकाेले केही घरमा रहेका ब्यक्तिलले समयकाे सदुपयाेग गर्नुका साथै साेराेजगारकाे सृजना समेत गर्न सक्ने समेत नगर प्रमुख ले बताएका छन् ।

९० दिने तालिममा भोटे जनजाति समुदायका ११ जनाले तालिममा सहभागिता भएका छन् । उक्त तालिममा सहभागी रहेका जनजाति समुदायका स्थानीयहरुले यो हामिले दन त परम्परागत रुपमा बुन्दै आएका थियाै ।तर याे तालिमले नया तरिकाकाे दन तथा गलैचा बुन्न सिकियाे अब हामी आफ्नै घरमा बसेर ब्यबसायिक बन्ने भयाै हाम्रो याे परम्परा देखि गर्दै आएको काममा थप सहयोग पुगेकोहुदा हामिलाई धेरै खुसि लागेकाे बताएका छन् ।

नेपाल भोटे जनजाति सेवा संघ केन्द्रिय कार्यालय बाजुराका अध्यक्ष गम्भिरसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भएकाे तालिमको प्रमुख अतिथि भने बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए विशिष्ट अतिथिमा बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय रहेका थिए अतिथिमा भने बडिमालिका नगरपालिका आदिवासी जनजाति (भोटे) समन्वय समितिका संयोजक बुद्धी बोगटी, घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कार्यालय प्रमुख मानबहादुर चाट, प्राविधिक पदम ऐर रहेकाे उक्त समापन कार्यक्रमा प्रशिक्षक प्रशिक्षार्थि लगाएत अन्यकाे समेत सहभागि रहेकाे उक्त तालिम समापन कार्यक्रमको संचालन नेपाल भोटे जनजाति सेवा संघ केन्द्रिय कार्यालय बाजुराका सचिव दावा गुरुङ भोटेले गरेका हुन ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ ३०, २०८० १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  