October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप धनगढीमा भोली देखि सुरु हुने सम्पूर्ण तयारी पूरा

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र २८, २०७९ 00:१९
प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप धनगढीमा भोली देखि सुरु  हुने सम्पूर्ण  तयारी पूरा

धनगढी, २८ चैत्र । प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कपको तयारी पूरा भएको छ। चैत २९ र ३० गने धनगढीमा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक कैलाली फेन्सिङ संघका अध्यक्ष जलेन्द्रबहादुर शाहीले बताए।

धनगढी रङ्गशालाको कभर्डहलमा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ मा ५ टिमका ७० देखि ७५ जनाको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने समूहलाई  १५ हजार, द्वितीय हुनेलाई १० र तृतीय हुने समूहलाई ५ हजार पुरस्कार दिइनेछ। फेन्सिङ खेलका सेभर र इपि विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। दुबै विधामा जुनियर र सिनियर महिला र पुरुषको अलगअलग प्रतिस्पर्धा हुनेछ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा भएको बेला प्रथम स्थान हासिँल गरि सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक दिलाउने  अध्यक्ष  जलेन्द्र शाही हुन भने शाहीको जन्म स्थान बाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नं .३ जुकोट हो। कैलाली  फेन्सिङ संघ गठन गरि  फेन्सिङ खेलको सयौं  प्रशिक्षार्थी   खेलाडीलाई अध्यक्ष शाहीले प्रशिक्षण  दिदैँ आइरहेको कैलाली फेन्सिङ संघका सचिब देवेन्द्र  शाहीले बताए ।

पहिलो पटक सुदूरपश्चिमलाई स्वर्ण  पदक दिलाउने  फेन्सिङ   खेलको जगेर्ना गर्ने उद्देश्य प्रतियोगिता गर्न सहयोग गरिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य प्रकाश विकले बताए। उनले सबैको हातेमालो र सहयोगले पहिलोपटक प्रतियोगिता हुन लागेको बताए। चैत २९ गते विहान ११ बजे प्रथम मुख्यमन्त्री फेन्सिङ कप, २०७९ को उद्घाटन गरिने अध्यक्ष शाहीले बताए।

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र २८, २०७९ 00:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट