October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाल पत्रकार महासंघकाे १६अैां साधारण सभा सम्पन्न

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर २८, २०७९ १५:३१
नेपाल पत्रकार महासंघकाे १६अैां साधारण सभा सम्पन्न

देेवराज पाध्याय मंसिर २८ बाजुरा- नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले आफ्नो १६ औँ स्थापना दिबस मनाएको छ । १५ औँ बसन्त पुरागरि आफ्नाे १६ औँ वर्षमा प्रवेश गरेको उपलक्षममा महासंघ बाजुराले आफ्नो स्थापना दिबस बनाएको हो । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले हाल सम्म गरेका आफ्ना विभिन्न गतिविधिहरु १६ औँ बार्षिक साधारणा सभामा उल्लेख गरेकाे छ । स्थापना काल देखि हाल सम्म बाजुराको गरिबि,बेरोजगार,अशिक्षा लगाएतका क्षेत्रमा कलम चलाउदै आएको छ । साधारण सभामा आर्थिक प्रतिवेदन पत्रकार महासंघ बाजुराका कोषाध्यक्ष नहकुल जोशीले प्रस्तुत गरेका थिए भने सांगठनिक प्रतिवेदन महासंघका अध्यक्ष छक्क मल्लले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्ने सम्पुर्ण अतिथिहरुले पत्रकारहरुले कसैको पक्ष विपक्षमा नभइ स्वतन्त्र पत्रकारीता गर्न आग्रह गरेका छन ।  पछिल्लो समयमा केहि पत्रकारहरूले समाजिक संजालमा कसैको चरित्र हत्या हुने गरि लेख्ने गरेको पाइएको हुदाँ यसको नेपाल पत्रकार महासंघ बाजुरा शाखाले छानविन गर्नु पर्नेमा जोड दिएका छन ।

बाजुरामा ४/५ जना बाट सुरुवाती भएको पत्रकारीता पेशाले पछिल्लो अवस्थामा यश बाजुरा जिल्लामा ठुलो फट्काे मार्दै बाजुरा जस्तो विकट ठाउँको बारेमा कलम चलाउनका लागि हाल १३० जन भन्दा भन्दा बढी पत्रकारहरु रहेको र विभिन्न संञ्चार माध्याम कार्यरत रहेर बाजुरा जिल्लाकाे बिकासका लागि र यहाकाे अन्याय अत्याचार ,अनियमितताकाे बिराेधगर्न आफ्ना कलमलाई अघि बढाउनकाे लागि जिल्लामा विभिन्न डिजिटल  अनलाइन,पत्रपत्रिका  र रेडियोहरुको विकास भइसकेको अध्यक्ष द्धारा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुरा प्रमुख तुलसीराम रोकाया रहेका थिए भने कार्यक्रमका बिशिष्ट अतिथि बुढीगंगा नगरपालिका नगर प्रमुख राम बहादुर बानियाँ, बडिमालिका नरपालिका उप प्रमुख नन्दा थापा,प्रेस सेन्टर केन्द्रीय सचिव निमेन्द्र शाही, प्रेस चौतारीका केन्द्रीय सदस्य बसन्त विक,सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्ट,नेपाल पत्रकार महासंघ बाजुरा शाखाका निवर्तमान अध्यक्ष प्रकाश बहादुर सिंह रहेका थिय त्यस्तै अतिथिमा जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्र बोगटी,नेपालपत्रकार महासंघ बाजुरा शाखाका पुर्व सचिव प्रेम बहादुर विक, प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम बहादुर रौले , प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष मदन बिक रहेका थिए ।

नेपाल पत्रकार महासंघ बाजुरा शाखाकी महिला उपाध्यक्ष संगिता तिमिलसेनाले स्वागत मन्तव्य राखेकी थिईन् भने उक्तकार्यक्रमकाे संचालन सचिव रमित विकले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाजुरा शाखाका सदस्यलगायत , जिल्ला स्थित सम्पुर्ण पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर २८, २०७९ १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट