January 23, 2026 | शुक्रबार, माघ १०, २०८२

एक स्वतन्त्र सहित सात दललाई निर्वाचन चुनाव चिन्ह प्रदान, स्वतन्त्र उम्मेदवार शाहीले रोजे भगेरो चरा

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ १०, २०८२ १२:११
एक स्वतन्त्र सहित सात दललाई निर्वाचन चुनाव चिन्ह प्रदान, स्वतन्त्र उम्मेदवार शाहीले  रोजे भगेरो चरा

सेतीकर्णाली खबर

माघ ९ बाजुरा-
आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि यहाँका एक स्वतन्त्र सहित सात दलका उम्मेदवारलाई शुक्रबार निर्वाचन चुनाव चिन्ह प्रदान गरिएको छ ।
शुक्रबार  मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनय दर्ता गराएका कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि आज नै निर्वाचन चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार मनोनयन दर्ता गराएका नेपाली काँग्रेसका जनकराज गिरी, नेकपा एमालेका लालबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाह, राप्रपाका केशर बहादुर शाही, रास्वपाका हेमराज थापा, प्रगतिशिल लोकतान्त्रिक पार्टी दिपक कुमार डिसी, नेपाल कम्युनिट पार्टी (माओवादी)का भुपेन्द्र ल्वार र उपेन्द्र शाहीले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
उनीहरु कसैले पनि उम्मेदवारीफिर्ता नलिएपछि अन्तिम नामावली सहित चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताएका छन् ।
आजै नेकपा एमालेका लालबहादुर थापालाई सुर्य, नेपाली काँग्रेसका जनकराज गिरीलाई रुख, नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहलाई तारा, राप्रपाका केशर बहादुर शाही हलो, रास्वपाका हेमराज थापालाई घण्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी दिपक कुमार डिसीलाई आँखा, नेपाल कम्युनिट पार्टी (माओवादी)का भुपेन्द्र ल्वारलाई गोलोभित्र गुलाव र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीलाई भँगेरो चुनाव चिन्ह दिइएको मुख्य निर्वाचन अधिकृत पोखरेलको भनाई रहेको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ १०, २०८२ १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट