November 25, 2025 | मङ्लबार, मंसिर १०, २०८२

स्नातक अधिकृत क्याडेट (उपसेनानी)पदको परिक्षामा बाजुराबाट बिबस विक्रम शाही सफल

  • सेती कर्णाली खबर
  • मङ्लबार, मंसिर १०, २०८२ 0८:४८
स्नातक अधिकृत क्याडेट (उपसेनानी)पदको परिक्षामा बाजुराबाट बिबस विक्रम शाही सफल

 

सेतीकर्णाली खबर 

मंसिर ९ गते   बाजुरा : बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका ५ वडा जेराँका स्थानीय निवासी रत्नबिर शाहीका नाति तथा  प्रहरी सहायक निरीक्षक कलबहादुर शाहीको छोरा बिवश बिक्रम शाही  नेपाली सेनाको अधिकृत क्याडेट (उपसेनानी) चयन परीक्षणका सम्पूर्ण चरण सफलतापूर्वक पार गर्दै अन्तिम नतिजामा नाम निकाल्न सफल भएका छन्।

शाहीले नेपाली सेनाले सञ्चालन गरेको अधिकृत क्याडेट/स्नातक अधिकृत क्याडेट छनोट परीक्षाका विभिन्न लेखि‍त, स्वास्थ्य, शारीरिक परीक्षण तथा अन्तर्वार्ता लगायतका सबै चरण उत्तीर्ण गर्दै अन्तिम रूपमा योग्यता क्रमसूचीमा ९६ स्थान सुरक्षित गरेका छन्।

स्थानीय समुदायले उनको यस सफलतालाई गौरवको विषयका रूपमा लिएको छ। स्वामिकार्तिक खापर गाउपालिका   जेरा गाउँ ५ वडा र बाजुरा जिल्लाबाट खुल्ला प्रतिस्पर्धाबाट स्नातक अधिकृत क्याडेट ( उपसेनानी) पदमा बिबश बिक्रम शाहीले मात्र यस पटक नाम निकाल्न सफल भएको स्थानियबासी गोर्कण शाहीले सेतीकर्णाली खबर लाई जानकारी दिएका छन। गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयबासीहरूले बिबश बिक्रम शाहीले देखाएको मेहनत, समर्पण र प्रतिबद्धताका कारण बाजुराको नाम उज्वल भएको प्रतिक्रिया दिएका छन्।

उनी अब नेपाली सेनामा अधिकृत पदमार्फत सेवामा लाग्ने अवसर पाउने छन्।
बाजुरा जिल्लाबाट पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट उपसेनानी पदमा प्रवेश गर्ने स्वामिकार्तिक खापर गाउपालिका ३ वडा जुकोटका पुर्व माननीय हिक्मत जंङ्ग शाहीका माइला छोरा ओजस्वी शाही हुन।

बिबस बिक्रम शाही तथा उनको परिवारले यो उपलब्धिलाई जीवनको महत्वपूर्ण सफलता बताएका छन्। नेपाली सेनाको सि.सं.६६ अधिकृत क्याडेट तथा सि.सं.६ स्नातक अधिकृत क्याडेट पदमा १ सय ५५ जना पास भएको नेपाली सेना श्री भर्ना छनोट निर्देशनालय जंगीअड्डाले जनाएको छ।

 

  • सेती कर्णाली खबर
  • मङ्लबार, मंसिर १०, २०८२ 0८:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट