July 29, 2025 | मङ्लबार, साउन १४, २०८२

हिमाली जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फ उद्धारको तयारी

  • सेती कर्णाली खबर
  • बिहिबार, साउन ९, २०८२ १0:१२
हिमाली जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फ उद्धारको तयारी

बाजुरा – हिमाली गाउपालिका ५ क्यूडीको तुनीगडा जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फत उद्धारको तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय बाजुराका सुचना अधिकारी शितल बहादुर रावलले बताएका छन् ।

बुधबार बिहान क्यूडीबाट धुलाचौरका लागि छुटेको बा ०३००१ ज ०३३८ नम्वरको जीप दुर्घटना हुदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ भने १६ जना घाईते भएका छन् । घाईतेको उद्धार स्थानिय सडकबाट असम्भब भएपछि हेलिकप्टर मार्फत उद्धारको तयारी भई रहेको जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट मृह मन्त्रालयलाई पत्राचार गरीसकेको र गृहले नेपाली सेनालाई जानकारी गराई सकेको नागरिक उड्यान तथा पर्यटन मन्त्री ब्रदिप्रसाद पाण्डेका स्वकीय सचिव तालबहादुर रावतले जानकारी दिए ।

  • सेती कर्णाली खबर
  • बिहिबार, साउन ९, २०८२ १0:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट