उमेश शाही बाजुरा, असार १५
धान खेतीमा समृद्धि, खाद्य सुरक्षामा आत्मनिर्भरता भन्ने नाराका साथ असार १५ गते बाजुराको जगन्नाथ गाउँपालिका–३, जुडडीमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा मनाइएको छ।
जगन्नाथ गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा आयोजित कार्यक्रममा किसानहरू, कृषि प्राविधिक, सञ्चारकर्मी जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरूकला विष्ट, वडा ५ का अध्यक्ष गौरी सार्की, वडा ४ का अध्यक्ष छक्क भण्डारी लगायत विभिन्न शाखा प्रमुख प्रतिनिधिहरूको सहभागीता रहेको निरेस कट्टेलले सेती कर्णाली खबरलाई जानकारी दिएका छन ।
सहयोगि संस्था UNDP Gifta Nepal र RERAS लगायत संस्थाको साझेदारीमा २२ ओैं धान दिवस तथा रोपाइँ महोत्सव गरेकाे बताए ।धान दिवस
कार्यक्रममा परम्परागत शैलीमा रोपाइँ, किसान नृत्य, धानसँग सम्बन्धित देउडा गीत प्रस्तुत गरिएको थियो। सहभागीहरूले दही, र केरा फलफूलको स्वाद समेत लिएका थिए।
कार्यक्रमले नेपाली समाजमा कृषिको महत्व र धान खेतीप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास कृषि साखा प्रमुख तारा जोसीले व्यक्त गरेका छन्।
धान दिवसको अवसरमा जगन्नाथ गाउँपालिकाले किसानहरूलाई प्रोत्साहनस्वरूप विभिन्न जानकारीमूलक सन्देशसमेत सार्वजनिक गरेका छ ।