May 28, 2025 | बुधबार, जेष्ठ १५, २०८२

अधिकारी पुनः गैसस महासंघ बाजुराको अध्यक्षमा चयन

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १, २०८२ 0५:२८
अधिकारी पुनः गैसस महासंघ बाजुराको अध्यक्षमा चयन

गैर सरकारी संस्था महासंघ बाजुराको अध्यक्षमा पुन कृष्ण अधिकारी दोहोरीएका छन । गैर सरकारी संस्था महासंघ बाजुराको १० औँ जिल्ला अधिबेशनबाट अधिकारी लगायतको नेतृत्व चयन भएको हो ।

अधिबेशनबाट उपाअध्यक्षमा मोहनराज जैशी, सचिवमा धर्म बहादुर रोकाया, उप सचिव उजा बिष्ट कोषाध्यक्ष शुसिला थापा लगायत ११ सदस्यि समिति निर्बिरोध निवाचित भएको निबाचन अधिकृत मदनराज जैशीले बताए । त्यसै गरी सदस्यमा मान बहादुर रोकाया, रमेश सुनार, कल्पना साउद, कुशुम शाही, कल्पना थापा(भोटे) र मान बहादुर खड्का रहेका छन ।

सदरमुकाम मार्तडी स्थित बडिमालिका नगरपालिकाको हलमा एक औपचारीक रुपमा कार्यक्रम संचालन गरिएको थियो । गैरसरकारी संस्था महासंघ बाजुराका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि गैसस महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई रहेका थिए । बिषिष्ठ अतिथीहरुमा जिल्ला समसन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, गैसस महासंघ केन्द्रीय महासचिव देवी खड्का, उप महासचिव भवराज रेग्मी, गैसस महासंघ सुदुरपश्चिम प्रदेश ईर्न्चाज प्रेम महर र गैसस महासंघ सुदुरपश्चिम प्रदेश कमिटि अध्यक्ष देवी खनाल रहेका थिए । गैसस महासंघ बाजुराका सचिव धर्म बहादुर रोकायाले संचालन गरेको कार्यक्रममा स्थानिय योजना निमार्ण र दिगो बिकास प्रक्रृयामा नागरिकको सहभागीता र पैरवी सम्बन्धी गैसस महासंघ सुदुरपश्चिम प्रदेश कमिटि अध्यक्ष देवी खनालले प्रस्तुतीकरण समेत गरेका थिए ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १, २०८२ 0५:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट