बाजुरा -जिल्ला अस्पताल बाजुरामा कुपाेषणका कारण २ महिने बालिकाकाे मृत्यु भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका २ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीकाे कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले बताएका छन् ।
मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा रहेकी थिइन् । शिघ्र अवस्थामा मात्र अस्पताल पुगाएको थियो । बचाउने प्रयास गर्दा पनि बालिकाको मृत्यु भएको डाक्टर बुढाले बडीमालिका खबरलाई बताए। हामीले रिफर गर्न खोजेका थियौ, तर उनिहरुको आर्थिक अवस्था कमजोर र बच्चा पनि सिकिस्त भएकाले अन्यन्त्र लिन नसकेको अस्पतालले जनाएकाे छ ।२ महिनाकी बालिकाकाे अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएकाे हाे ।
बाजुराका ९ स्थानीय तहका ६९ वडा मध्ये २७ वडाका घरघरमा पुगेर ५ बर्ष मुनिका बालवालिकामा सर्भे गरिएको थियो । सर्भेक्षणमा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत र कमतौल ३०.६ प्रतिशत देखिएको थियो । तथ्याङ्कका अनुसार बाजुरामा ४८ प्रतिशत कुपोषण रहेको देखाएको छ ।
यो दरले बाजुराका बालवालिकामा कुपोषणको दर निकै उच्च रहेको देखाएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्द ले वताए छन् ।
दुर्गम गाउँमा भौगोलिक बिकटता र चेतनाको कमीले स्थानियको स्वास्थ्य संस्थासम्म पहुँच छैन् । त्यसमाथि दुर्गम क्षेत्रमा भएका स्वास्थ्य संस्था पनि सेवा र साधन स्रोतका दृष्टिले कमै मात्र प्रभावकारी हुन्छन् । बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाह भन्छन, ‘धेरै पक्षहरु होलान तर गरिबी नै यसको मुख्य कारण हो । गरिबीले नै कुपोषण त भयावह हुने नै भयो ।’