May 29, 2025 | बिहिबार, जेष्ठ १६, २०८२

पर्यटक बढाउन यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं : कांग्रेस सांसद घिमिरे

  • सेती कर्णाली खबर
  • आइतवार, चैत्र २, २०८१ १७:१६
पर्यटक बढाउन यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं : कांग्रेस सांसद घिमिरे

काठमाडौं : नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए।

उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। ‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। जसले यो मुलुकमा पर्यटकको संख्या बढाउनेछ,’ उनले भने, ‘धार्मिक पर्यटकहरूले खर्च कम गर्छ। साहसिक पर्यटक थोरैमात्र हुन्छन्। संसारमै सबैभन्दा धेरै पर्यटक भनेको मनोरञ्जन क्षेत्रको लागि हो। त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकमा आर्थिक विकास हुन्छ। विपक्षीले यी कुरा उठाइदिएको भए कति काइदा हुन्थ्यो।’

उनले गाँजा खेतीमार्फत अमेरिकाको क्लोराडोको अर्थतन्त्र फस्टाएको भन्दै नेपालमा पनि कानुनी मान्यता दिनुपर्ने बताए। ‘गाँजा खेती धेरै देशले सुरू गरिसकेको छ। अमेरिकाको क्लोराडोमा गाँजा खेती गरेपछि त्यहाँको अर्थतन्त्र माथि उठ्यो। त्यसपछि त्यहाँ अन्य राज्यले पनि गाँजा खेतीलाई कानुनी मान्यता दिन थाल्यो। त्यहाँको उदाहरण हेरेर हामीले पनि गाँजा खेतीलाई अगाडि बढाउन केले आपत्ति गर्‍यो?,’ उनले प्रश्न गरे।

उनले देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका थिए। मुलुक शान्ति प्रक्रियामा आएपछिको १९ वर्षमा नेपाली समाजको परिवर्तन र जनताको जीवनस्तर उकासिएको भन्दै देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न उनको आग्रह थियो।

  • सेती कर्णाली खबर
  • आइतवार, चैत्र २, २०८१ १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  