December 18, 2024 | बुधबार, पुस ३, २०८१

कर्णालीद्वारा सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य

  • सेती कर्णाली खबर
  • सोमवार, पुस १, २०८१ 0५:३९
कर्णालीद्वारा सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य

बाजुरा- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको छ ।

जवाफी ब्याटिङमा उत्रने सुदूरपश्चिमले जितका लागि १२० बलमा १०२ रन बनाउन पर्नेछ । सुदूरपश्चिमले यो खेल १२ ओभर दुई बलभित्रमा जित्न सके काठमान्डु गुर्खाज प्लेअफमा पुग्नेछ ।

कर्णालीका लागि जीशन मक्सूदले सर्वाधिक ३० रन बनाए । विलियम बसिस्टोले १६ रन बनाउँदा, बाबर हयातले १३ तथा चाडविक वाल्टन र सोमपाल कामीले समान ११ रन बनाए ।

सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक तीन विकेट लिए । स्कट कुगेलेइन र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । सैफ जैबले एक विकेट लिए ।

  • सेती कर्णाली खबर
  • सोमवार, पुस १, २०८१ 0५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट