सेतीकर्णाली खबर
उमेश जङ्ग शाही ९मंसिर बाजुरा-हिमाली गाउपालिकाको धुलाचौर र मुगु जिल्लाको खत्याड गाउँपालिकाको सुकाडिक जोड्ने कर्णाली नदि स्थित झुँगलामा (मोटरएवल ) पक्कि पुलको सनिवार शिलान्यास भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले एकसाथ झुँगलामा पक्कि पुलको शिलान्यास गरेको किशोर शाहीले सेतीकर्णालीखबर लाई बताए । झुँगला पक्कि पुल निर्माण कार्यको सुरुवात भएको छ। पक्कि पुल समय मै निर्माण भए बाजुरा र मुगुका स्थानियले सबिधा पाउनुको साथै रारा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको आवत जावत बाक्लिएर अर्थतन्त्र बढ्ने भएको हुँदा समयमै पक्कि पुलको निर्माण सम्पन्न गर्न दुबै पालिका अध्यक्षले कुशेश्वर कन्ट्रक्सनका सञ्चालक जयराम घलेलाई निर्देश गरेका छन। झुँगला मोटरएवल पक्कि पुलको लम्बाइ १ सय पाँच मिटर रहेको छ भने ११ मिटर चौडाइ हुनेछ। पक्कि पुलको दाँया बायाँ साइडमा साढे तिन मिटर पैदल मार्ग बन्ने भएको छ। पक्कि पुल निर्माणको लागि भ्याट सहित १६ करोड ५० लाख बजेट रहेेको कुशेश्वर कन्ट्रक्शनका संञ्चालक जयराम घलेले बताए। झुँगला पक्कि पुल डेढ वर्षमै निर्माण सम्पन्न गर्ने घलेले बताए। अन्त निर्माणका काम भए पनि विशेष प्राथमिकता झुँगला पक्कि पुललाई दिएर छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्ने कुशेश्वर कन्ट्रक्सनका संञ्चालक घलेको भनाइ रहेको छ। खत्याड गाउँपालिका र हिमाली गाउँपालिकाका स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो