October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज १२, २०८१ १५:१९
लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

पवन तिमिल्सिना बर्दिया/

लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय निर्माण गरी  बारबर्दिया नगरपालिका ५ तर्कापुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) को संयुक्तसाझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बालविवाह न्युनिकरण परियोजनाद्धारा निर्माण गरिएको शौचालय आज एक कार्यक्रमा का साथ उद्घाटन गरी बिद्यालयलाई हस्तान्तरण गरीएको बि ब्य समिति अध्यक्ष कल्लुराम थारुले बताएका छन्  ।

उक्तपरियोजनाद्धारा हातधुने स्थान सहित तीन कोठे अपाङ्ग मैत्री  हुईलचियर सहित भित्र जाने  शौचालय  विद्यालयलाई हस्तान्तरण गरिएको हो ।  नवनिर्मित  शौचालय छात्र छात्रा तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि सहज तरिकाले प्रयाेग गर्न मिल्ने समेत संस्थाले जनाएकाे छ।
। उक्त शौचालय करिब १४ लाख ३८ हजार रुपैयामा निर्माण गरिएको
प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि )संस्थाले जनाएकाे छ
शाैचालय हस्तान्तरण तथा उद्घाटन कार्यक्रमा प्रमुख अतिथि बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख रत्नकुमारी पाण्डेले ,विशिष्ट अतिथि प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि )का प्रतिनिधि लगाएत विभिन्न पाटी प्रतिनिध रहनु भएकाे थियाे भने उक्त कार्यक्रमा अध्यक्षता बि ब्य स अध्यक्ष कल्लुराम थारु रहनु भएकाे थियाे ।

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज १२, २०८१ १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट