November 1, 2025 | शनिबार, कार्तिक १६, २०८२

सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

  • सेती कर्णाली खबर
  • शनिबार, असार २, २०८० 0६:0८
सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

सेतीकर्णाली खबर

२ असार,  धनगढी /सुदूरपश्चिम सरकारले  चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार, पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थातर्फ ३० करोड र अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ २ अर्ब ३४ करोड ७५ लाख ७० हजार अनुमान छ । आगामी बजेटमा आन्तरिक राजस्व १ अर्ब ५० करोड, संघबाट प्राप्त हुने राजस्व बाँडफाँट ९ अर्ब ४१ करोड १७ लाख, वित्तीय समानीकरण ८ अर्ब ५२ करोड ३ लाख, ससर्त अनुदान ४ अर्ब ५१ करोड १६ लाख, समपूरक अनुदान ७७ करोड, विशेष अनुदान ६२ करोड, संघबाट प्राप्त हुने प्राकृतिक स्रोतको रोयल्टी ६ करोड ५६ लाख ८ हजार र यस वर्षको नगद मौज्दातबाट ३ अर्ब ८६ करोड ६७ लाख २४ हजार स्रोत प्राप्त हुने अनुमान गरेको छ ।

स्थानीय तहलाई समानीकरण अनुदानतर्फ ८० करोड ८१ लाख ३५ हजार, ससर्त अनुदान ४९ करोड ४३ लाख ५०, समपूरक अनुदान ६३ करोड ८९ लाख ८५ हजार, विशेष अनुदानतर्फ ४० करोड ८१ लाख विनियोजन गरेको छ । अत्यावश्यकबाहेक सवारीसाधन खरिद नगर्ने, पेट्रोलियम पदार्थबाहेकबाट चल्ने सवारीसाधन करमा २० प्रतिशत छुट दिनेलगायतका कार्यक्रम समावेश छ । अत्तरिया–धनगढी मोनोरेल सम्भाव्यता अध्ययन र बाजुराको ढम्कने पाण्डुसेन सुरुङमार्ग अध्ययनका लागि बजेट विनियोजन गरिएको छ ।

कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियानका लागि एक स्थानीय तह एक कृषक पाठशाला, कृषकलाई शून्य ब्याजदरमा कर्जा, कृषि एम्बुलेन्स, रासायनिक मलको सहज उपलब्धताका लागि अनुदानलगायत कार्यक्रम ल्याएको मन्त्री शाहीले बताए ।

  • सेती कर्णाली खबर
  • शनिबार, असार २, २०८० 0६:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  