माघ १५ काठमाडौं – बाजुराको हिमाली गाउँपालिकाका चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको देशको परिस्थितिलाई यथार्थ चित्रण गर्ने गीत राजनिती कि लाजनिती सार्वजनिक भएको छ । देशको बर्तमान अबस्थाको यथार्थ चित्रण गरेको यस गीतका हरेक शब्द शब्दले सत्य बोलेको देखिन्छ।
चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको आफ्नै स्वरमा रहेको उक्त गीत उनका बुबा कृष्ण मल्ल ठकुरीको शब्द र झलक संगीतम को लयमा रहेको छ। सामाखुशी स्थित महर्षी स्कुलमा सुटिङ भएको उक्त गीतको निर्देशन भने हरिष धितालले गरेका छन भने उक्त गीत सुप्रीमको आफ्नै युटुभ च्यानल- supreme malla thakuri बाट रिलिज भएको छ।
देशको बर्तमान राजनीति अबस्था र यसको असरले देशको र जनताको जनजीवनमा पुगेको असर समस्या र समाधान दुबै कुरा समाबेश गरिएको यो गीतले देश बोलेको गीतका ब्यबस्थापन हिक्मत शाही क्षितिजको भनाइ छ।