उमेश जङ्ग शाही-बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं १ पिलुचौर बजारमा नेकपा बिप्लव पार्टिका कार्यकर्ताले राँके भर्खरै राँके जुलुस निकालेका छन, mcc खारेज गर, spp खारेज गर , नागरिकता विधेयक खारेज गर र भोलिको नेपाल बन्द सफल पारौँ , नेकपा विप्लव नेता हरुलाई लगाएको मुद्दा फेर्ता गर जस्ता नारा लगाउदै गर्दा नेपाल प्रहरी ले राके जुलुस अगाडि बड्न नदिन खोज्दै थियो तर राँके जुलुस निकाल्ने कार्यकर्ता दौडेर बुढिनन्दा नगरपालिका वडा १को हाटबजार सम्म राके जुलुस पुगेको थियो ।दिउँसो भोलिको बन्दको पर्चा नेकपा विप्लव पार्टिका कार्यकर्ताले बजार भरि बितरण गरेका थिय ।राकेँ जुलुसमा २० जना कार्यकर्ता सहभागी रहेको र राँके जुलुसको नेतृत्व क. टाइगरले लिएको जनाएको छ।