चैनपुर — चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यसमिति चयनका लागि आगामी २०८३ साल भदौ २४ गते हुने निर्वाचनमा युवा व्यवसायी लोकेन्द्र खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। संस्थालाई आधुनिक, व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउने लक्ष्यसहित खड्काले अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन्। चैनपुर बजार तथा आसपासका उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी सेवाको […]
चैनपुर — चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनका लागि २०८३ साल भदौ २४ गते निर्वाचन हुने भएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो एजेन्डा र प्रतिबद्धता सार्वजनिक गर्न थालेका छन्। यसैक्रममा उपाध्यक्ष पदका लागि देवेन्द्र खड्काले उम्मेदवारी दिएका छन्। लामो समयदेखि सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा […]
धनगढी — नेपाल शिक्षक संगठनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशको सार्वजनिक शिक्षा प्रणालीलाई थप सुदृढ, व्यवस्थित र गुणस्तरीय बनाउन प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने माग गरेको छ। नेपाल शिक्षक संगठन नेपाली शिक्षाकर्मीहरूको पेशागत क्षेत्रमा क्रियाशील प्रगतिशील साझा संस्थाका रूपमा सार्वजनिक शिक्षा प्रणालीको सुदृढीकरण, शिक्षकको पेशागत सम्मान, शैक्षिक गुणस्तर अभिवृद्धि तथा शिक्षामा समान पहुँचका […]
धनगढी, कैलाली — एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल शिक्षक संगठनबीच सुदूरपश्चिम प्रदेशमा एकता भेला सम्पन्न भएको छ। आज धनगढीमा आयोजित भेलाले दुई संगठनबीच एकता गर्दै नेपाल शिक्षक संगठन, सुदूरपश्चिम प्रदेश अधिवेशन आयोजना समिति गठन गरेको हो। नेपाल शिक्षक संगठनका केन्द्रीय कार्यालय सदस्य हरि प्रसाद जोशीको अध्यक्षतामा बसेको भेलामा शिक्षक संगठनका विभिन्न तहका […]
बझाङ, साउन २० – प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङ जिल्लाका विभिन्न झोलुङ्गे पुल तथा पूर्वाधार योजनालाई आफ्नो पहलमा तत्काल बजेट विनियोजन भएका योजना भन्दै सार्वजनिक गरेपछि त्यसलाई लिएर जिल्लामा विवाद उत्पन्न भएको छ। स्थानीयवासीले महरले सार्वजनिक गरेको विवरणमा समावेश भएका कतिपय योजना वर्षौँअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका आयोजना भएको दाबी गर्दै त्यसलाई नयाँ […]
बझाङ, साउन १६। जयपृथिवी नगरपालिका–३ को आयोजनामा तथा डिभिजन वन कार्यालय बझाङको बिरुवा सहयोगमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वडा नं. ३ अन्तर्गत रहेको कुवागैरा सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिब ४ सय बिरुवा रोपिएका छन । वन संरक्षण, हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम गर्नुका साथै पहिरो नियन्त्रणमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]
बझाङ। नेकपा एमाले बझाङ जिल्ला कमिटीका उपसचिव पंकज भण्डारीले आफ्नो जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा मनाउने परम्पराबाट अलग हटेर समाजसेवा र मानवीय सेवासँग जोड्दै प्रेरणादायी कार्य गर्नुभएको छ। उहाँले जन्मदिनको अवसरमा जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै अस्पताललाई १५ थान बेडसिट हस्तान्तरण गर्नुभएको हो। जिल्ला अस्पताल बझाङमा आयोजित उक्त कार्यक्रममा उपचाररत करिब […]
बझाङ। तलकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै योग्य लाभग्राहीलाई सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न अनुरोध गरेको छ। गाउँपालिकाका अनुसार सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम सबै लाभग्राहीले आगामी असोज मसान्तभित्र आफ्नो सम्बन्धित वडा कार्यालयमा स्वयम् उपस्थित भई जैविक पहिचान (Biometric Verification) का आधारमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिसक्नुपर्नेछ। यसरी […]
बझाङ, असार ३। बझाङको बित्थडचिर गाउँपालिका–४ मा रहेको देवशरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, आर्थिक सहयोग तथा लत्ताकपडा वितरण गरिएको छ। विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच बित्थडचिर गाउँपालिका–६ का वडा हरिश अध्यक्ष खड्काले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो। वडा अध्यक्ष खड्काले आफ्नो एक वर्षको सेवा–सुविधाबाट प्राप्त हुने रकमको १० प्रतिशत […]