October 23, 2026 | शुक्रबार, कार्तिक ७, २०८३

Uncategorized

सुर्मादेवी मेलालाई बोहराको १ लाख १२ हजार सहयोग

सुर्मादेवी मेलालाई बोहराको १ लाख १२ हजार सहयोग

बझाङ। बझाङको चैनपुरमा आयोजना हुने ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सुर्मादेवी मेला–२०८३ लाई सभ्य, भव्य, मर्यादित र ऐतिहासिक रूपमा सफल बनाउन निर्माण व्यवसायी संघका अध्यक्ष शेरबहादुर बोहराले व्यक्तिगत रूपमा १ लाख १२ हजार ८४ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। मेलाको व्यवस्थापन तथा सफल आयोजनाका लागि अध्यक्ष बोहराले रु. १,१२,०८४ (एक लाख बाह्र हजार चौरासी […]

  • २ हप्ता अगाडि
सत्यवादी माध्यमिक विद्यालयमा अध्यक्ष सम्राट सिंहको नेतृत्वमा वि.व्य.स. टिमको १०० दिन

सत्यवादी माध्यमिक विद्यालयमा अध्यक्ष सम्राट सिंहको नेतृत्वमा वि.व्य.स. टिमको १०० दिन

>कुनै पनि संस्थाको नेतृत्वको मूल्याङ्कन पद प्राप्त गरेको दिनबाट होइन, जिम्मेवारी सम्हालेपछि देखिएको कार्यदिशा र त्यसले जन्माएको परिणामबाट हुन्छ। यही दृष्टिकोणबाट हेर्दा सत्यवादी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्राट सिंहले जिम्मेवारी सम्हालेपछिको १०० दिनलाई प्रारम्भिक सुधार र संस्थागत रूपान्तरणको आधार तयार गर्ने अवधिका रूपमा लिन सकिन्छ। <>२०८३ असार १३ गते जिम्मेवारी सम्हालेका सिंहको नेतृत्वमा […]

  • २ हप्ता अगाडि
लक्ष्मी जोशी : विद्यार्थी राजनीतिदेखि पार्टीको केन्द्रीय सदस्यसम्मको राजनीतिक यात्रा

लक्ष्मी जोशी : विद्यार्थी राजनीतिदेखि पार्टीको केन्द्रीय सदस्यसम्मको राजनीतिक यात्रा

बझाङको राजनीतिक वृत्तमा लामो समयदेखि सक्रिय नाम हो—लक्ष्मी जोशी। विद्यार्थी जीवनदेखि राजनीतिक यात्राको सुरुवात गरेका जोशीले संगठन निर्माण, विद्यार्थी आन्दोलन, स्थानीय तहको उम्मेदवार  हुँदै पार्टीको जिल्ला नेतृत्व र अहिले केन्द्रीय राजनीतिसम्मको यात्रा तय गरेका छन्। करिब दुई दशकभन्दा लामो राजनीतिक यात्रामा उनले विभिन्न राजनीतिक उतारचढाव र संगठनात्मक जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक पहिचान निर्माण गरेका छन्। […]

  • ४ हप्ता अगाडि
चैनपुर सहरी खानेपानीको अध्यक्षमा युवा व्यवसायी लोकेन्द्र खड्काको बलियो उम्मेदवारी

चैनपुर सहरी खानेपानीको अध्यक्षमा युवा व्यवसायी लोकेन्द्र खड्काको बलियो उम्मेदवारी

चैनपुर — चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यसमिति चयनका लागि आगामी २०८३ साल भदौ २४ गते हुने निर्वाचनमा युवा व्यवसायी लोकेन्द्र खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। संस्थालाई आधुनिक, व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउने लक्ष्यसहित खड्काले अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन्। चैनपुर बजार तथा आसपासका उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी सेवाको […]

  • १ महिना अगाडि
चैनपुर सहरी खानेपानीको उपाध्यक्षमा देवेन्द्र खड्काको उम्मेदवारी

चैनपुर सहरी खानेपानीको उपाध्यक्षमा देवेन्द्र खड्काको उम्मेदवारी

चैनपुर — चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनका लागि २०८३ साल भदौ २४ गते निर्वाचन हुने भएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो एजेन्डा र प्रतिबद्धता सार्वजनिक गर्न थालेका छन्। यसैक्रममा उपाध्यक्ष पदका लागि देवेन्द्र खड्काले उम्मेदवारी दिएका छन्। लामो समयदेखि सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा […]

  • १ महिना अगाडि
नेपाल शिक्षक संगठनद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापनपत्र, शिक्षा क्षेत्रका समस्या तत्काल सम्बोधन गर्न माग

नेपाल शिक्षक संगठनद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापनपत्र, शिक्षा क्षेत्रका समस्या तत्काल सम्बोधन गर्न माग

धनगढी — नेपाल शिक्षक संगठनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशको सार्वजनिक शिक्षा प्रणालीलाई थप सुदृढ, व्यवस्थित र गुणस्तरीय बनाउन प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने माग गरेको छ। नेपाल शिक्षक संगठन नेपाली शिक्षाकर्मीहरूको पेशागत क्षेत्रमा क्रियाशील प्रगतिशील साझा संस्थाका रूपमा सार्वजनिक शिक्षा प्रणालीको सुदृढीकरण, शिक्षकको पेशागत सम्मान, शैक्षिक गुणस्तर अभिवृद्धि तथा शिक्षामा समान पहुँचका […]

  • २ महिना अगाडि
एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल शिक्षक संगठनबीच एकता, ९९ सदस्यीय प्रदेश अधिवेशन आयोजना समिति गठन

एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल शिक्षक संगठनबीच एकता, ९९ सदस्यीय प्रदेश अधिवेशन आयोजना समिति गठन

धनगढी, कैलाली — एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल शिक्षक संगठनबीच सुदूरपश्चिम प्रदेशमा एकता भेला सम्पन्न भएको छ। आज धनगढीमा आयोजित भेलाले दुई संगठनबीच एकता गर्दै नेपाल शिक्षक संगठन, सुदूरपश्चिम प्रदेश अधिवेशन आयोजना समिति गठन गरेको हो। नेपाल शिक्षक संगठनका केन्द्रीय कार्यालय सदस्य हरि प्रसाद जोशीको अध्यक्षतामा बसेको भेलामा शिक्षक संगठनका विभिन्न तहका […]

  • २ महिना अगाडि
सांसद ऐन महरमाथि भ्रम फैलाएको आरोप, सम्पन्न योजनालाई नयाँ बजेटको उपलब्धि भन्दै सार्वजनिक गरेको भन्दै आलोचना

सांसद ऐन महरमाथि भ्रम फैलाएको आरोप, सम्पन्न योजनालाई नयाँ बजेटको उपलब्धि भन्दै सार्वजनिक गरेको भन्दै आलोचना

बझाङ, साउन २० – प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङ जिल्लाका विभिन्न झोलुङ्गे पुल तथा पूर्वाधार योजनालाई आफ्नो पहलमा तत्काल बजेट विनियोजन भएका योजना भन्दै सार्वजनिक गरेपछि त्यसलाई लिएर जिल्लामा विवाद उत्पन्न भएको छ। स्थानीयवासीले महरले सार्वजनिक गरेको विवरणमा समावेश भएका कतिपय योजना वर्षौँअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका आयोजना भएको दाबी गर्दै त्यसलाई नयाँ […]

  • ३ महिना अगाडि
जयपृथिवी नगरपालिका वडा न३ मा वृक्षरोपण कार्यक्रम  सम्पन्न

जयपृथिवी नगरपालिका वडा न३ मा वृक्षरोपण कार्यक्रम सम्पन्न

बझाङ, साउन १६। जयपृथिवी नगरपालिका–३ को आयोजनामा तथा डिभिजन वन कार्यालय बझाङको बिरुवा सहयोगमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वडा नं. ३ अन्तर्गत रहेको कुवागैरा सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिब ४ सय बिरुवा रोपिएका छन । वन संरक्षण, हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम गर्नुका साथै पहिरो नियन्त्रणमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]

  • ३ महिना अगाडि
युवा नेता भण्डारीद्वारा जन्मदिनको अवसरमा बिरामीहरूलाई फलफूल र बेडसिट वितरण

युवा नेता भण्डारीद्वारा जन्मदिनको अवसरमा बिरामीहरूलाई फलफूल र बेडसिट वितरण

बझाङ। नेकपा एमाले बझाङ जिल्ला कमिटीका उपसचिव पंकज भण्डारीले आफ्नो जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा मनाउने परम्पराबाट अलग हटेर समाजसेवा र मानवीय सेवासँग जोड्दै प्रेरणादायी कार्य गर्नुभएको छ। उहाँले जन्मदिनको अवसरमा जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै अस्पताललाई १५ थान बेडसिट हस्तान्तरण गर्नुभएको हो। जिल्ला अस्पताल बझाङमा आयोजित उक्त कार्यक्रममा उपचाररत करिब […]

  • ३ महिना अगाडि