बाजुराः हिमाली गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको कपन हरियो पुल नजिकै बस्दै आएका १५ बर्षिय बालक निखिल बुढथापा ५ दिन देखि सम्पर्क विहिन भएका छन् । काठमाडौं कपन हरियो पुल नजिकै गणेश बहादुर मल्लको घरमा काम गर्दै र संगसगै आफ्नो पढाईलाई निरन्तर ता दिदै आईरहेका ८ कक्षामा पढ्ने बुडथापा फागुन १२ गते […]
बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरोधमा धनगढीबाट बिगुल फुकेको बताएका छन्। उनले यसको अन्तिम नतिजा चैत महिनामा काठमाडौंमा देखिने दाबी गरेका छन्।मंगलबार धनगढीमा राप्रपाले आयोजना गरेको बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै महामन्त्री राणाले भने, ‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा आवाज उठाएका छन्। यसको […]
सेतीकर्णाली खबर १३फागुन बाजुरा- बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड खेलको उद्घाटन सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले गरेका छन् । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने […]
बाजुरा / भूमि समस्या समाधान आयोग बाजुराका नियुक्त सदस्यहरुले सपथग्रहण गरेका छन् । आयोगका जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले आइतबार नवनियुक्त विज्ञ सदस्य सर्पलाल गिरी, महिला सदस्य मनदेवी ओली र खुला सदस्य शिव बोहरालाई सपथ ग्रहण गराउनु भएको हो । नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराउँदै जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले जिल्लाको भूमि सम्बन्धी समस्या समाधान […]
सेतीकर्णाली खबर २२ माघ बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर अर्थात एच.पि.भि.खोप सञ्चालन आज देखि हुने भएको छ । गाउँपालिकाका पाचँ वटै वडामा माघ २२ गते अर्थात आजदेखि एच.पि.भि.खोप सञ्चालन हुने भएको हो । खोप सञ्चालन हुने वारे जानकारी दिन सोमबार गाउँपालिकाले पालिकाको केन्द्र वाई सुईजीउलामा खोप अभिमुखीकरण गोष्ठी समेत सम्पन्न गरेको छ । […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १४ माघ बाजुरा – कुन्ना क्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4जि इन्टरनेट सेवा सुचारु भएको छ। कृषिखाद्य प्रणालीको लागि नवीकरणीय उर्जा ,नर्वे सरकार र यु एन डिपीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित आयोजना अन्तरर्गत, केन्द्रिय नवीकरणीय उर्जा कोष ग्रामिण जीवीको पार्जनका लागि नवीकरणीय ऊर्जा प्राविधिक र […]
दोहा, कतार – ठकुरी सहयोग संजाल कतारको आयोजनामा ६९ जना नेपालीहरुले रक्तदान गरेका छन। ठकुरी सहयोग संजाल, कतारले नेपाली रक्तदाता संघ, कतार सङ्गको समन्वयमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम- २०२५ हामद हस्पिटल अन्तर्गतको अलसाद स्थित कतार नेशनल ब्लड डोनेसन सेन्टरमा शुक्रबार सम्पन्न भएको छ । संजालले “३०३औं” पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर […]
सेतीकर्णाली खबर उदय मल्ल ठकुरी ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ५ माघ बाजुरा – मानव संशोधन केन्द्र (HRC) बाजुराको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार मार्तडी स्थित स्वामिकार्तिक प्लाजाको सभाहलमा मानव संशाधन केन्द्र बाजुराले १७ औँ साधारण सभाको आयोजना गरेको थियो। १७ औँ साधारण सभाको सभाअध्यक्ष मानव संशाधन केन्द्र बाजुराका अध्यक्ष निर बहादुर शाहीले गरेका हुन भने प्रमुख अतिथि […]