October 20, 2024 | आइतवार, कार्तिक ४, २०८१

कैलाली

करेन्ट लागेर मृत्यु भएका विष्टको श्रीमतिलाई रोजगारी दिने ग्यारेण्टी

करेन्ट लागेर मृत्यु भएका विष्टको श्रीमतिलाई रोजगारी दिने ग्यारेण्टी

बाजुरा : बाजुरामा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का ३१ वर्षीया मान बहादुर विष्टको श्रीमतिलाई नेपाल विद्युत प्राधिकरणले रोजगारी दिने ग्यारेण्टी गरेको छ । परिवारलाई ठेकेदार कम्पनी र नेपाल विद्युत प्राधिकरणले उचित क्षतिपूर्ति दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल सहित […]

  • २ महिना अगाडि
चट्याङ  लागेर दश महिला घाइते

चट्याङ लागेर दश महिला घाइते

धनगढी–  कैलालीमा चट्याङ परेर एकैदिन १० जना महिला घाइते भएका छन्। आज (आइतबार) चट्याङ लागेर १० महिला घाइते भएका हुन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा मृत्यु भएका व्यक्तिको १३ दिने पुण्यतिथिमा स्थानीय घरको अगाडी अमट्टाको रूख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा १० महिला घाइते भएका छन्। घाइतेहरुको बर्दगोरिया […]

  • २ महिना अगाडि
धनगढीको नोभा हस्पिटलमा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

धनगढीको नोभा हस्पिटलमा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

१२ साउन, धनगढी । १७ वर्षीय युवकको मृत्युको विषयलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब भएको छ । सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी […]

  • ३ महिना अगाडि
मनेहरा चर्चले स–मिललाई ६५ हजार तिर्न आनाकानी गरेको सञ्चालकको गुनासो

मनेहरा चर्चले स–मिललाई ६५ हजार तिर्न आनाकानी गरेको सञ्चालकको गुनासो

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल चलाउने भन्दै निर्माण गरिएको चर्चले स्थानीय स–मिल सञ्चालकको पैसा नतिरेको पाइएको छ। भवन निर्माण गर्न मनेहरामै रहेको कल्पना खड्काको अम्बिकेश्वर स–मिलबाट काठ ल्याइएकोमा त्यसको मूल्य नतिरेको स–मिल सञ्चालक खड्काले बताएकी छन्। आइतवार जिल्ला प्रशासन कार्यालयको टोली चर्चमा कागजात हेर्न गएको बेला चर्च परिसरमै भेटिएकी मिल सञ्चालक खड्काले पटकपटक ताकेता गर्दा […]

  • ३ महिना अगाडि
कैलाली र कञ्चनपुरका ६०० बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

कैलाली र कञ्चनपुरका ६०० बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

धनगढी —वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा ६०० परिवार प्रभावित भएका छन् । शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । उनीहरुलाई […]

  • ३ महिना अगाडि
चैते धान भित्र्याउदै किसान

चैते धान भित्र्याउदै किसान

घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिका–८ का बुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ । उनले पाँच कठ्ठा जमिनमा चैते धान लगाएका छन् । चौधरीले तीन वर्षदेखि चैते धानको खेती गर्दै आएका छन् । बर्खे धानभन्दा चैते धान बढी उब्जनी भएको उनले बताए । ‘अर्को  वर्ष एक बिघामा चैते धान लगाउने सोच छ’, चौधरीले भने। चैते धान लगाएको […]

  • ४ महिना अगाडि
अनलाइन पत्रकारिता सम्बन्धी धनगढीमा प्रशिक्षण कार्यक्रम

अनलाइन पत्रकारिता सम्बन्धी धनगढीमा प्रशिक्षण कार्यक्रम

धनगढी- सुदुर पश्चिमका ९ वटै जिल्लाका अनलाइन मिडियामा आवद्ध पत्रकारहरुलाइ धनगढीमा अनलाइन पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा अनलाइन पत्रकारिता गरिरहेका पत्रकारको उपस्थितिमा धनगढीको आस्था होटेलको सभाहलमा प्रशिक्षण कार्यक्रम गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजना र नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिको सहकार्यमा उक्त […]

  • ५ महिना अगाडि
प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

१५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए का छन्। तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो । भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा […]

  • ५ महिना अगाडि
कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

धनगढी-  गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा सवारीसाधन सञ्चालन हुन थालेका छन् । कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिए । गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलमा समेत […]

  • ७ महिना अगाडि
कर्णाली पुलमा आगलागी

कर्णाली पुलमा आगलागी

पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ। पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा सल्केको हो। सोमबार साढे ४ बजेतिर लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले बताएको छ । ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको […]

  • ७ महिना अगाडि

लोकप्रिय