काठमाडौँ, चैत ११ गते । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता […]
शिवकुमार भट्टराई – नेपालले अमेरिका र चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा पु-याउन खोजेको छ चीनका स्टेट काउन्सिलरसमेत रहेका विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमण आजबाट सुरु हुँदैछ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरेको एक महिना नपुग्दै वाङ नेपाल भ्रमणमा आउन लागेकाले यसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । चीनले पनि विश्वमा आफ्नो वर्चस्व […]
आशिष् माल बैतडी नेकपा माओवादी दोगडाकेदार गाउ कमिटीले विगत पाँच वर्षमा दोगडाकेदार गाउपालिकाले गरेका कामबारे जानकारी लिन सूचनाको हक प्रयोग गरी दर्जन वढी विषयमा सूचना माग गरेका छन् । माओवादी केन्द्र दोगडाकेदार कमिटीका अध्यक्ष तारा सिह कुवर र सचिव धनवहादुर महराले सुचना हक सम्वन्धि ऐन वमोजिम निवेदनमार्फत् ती जानकारी माग गरेका हुन् । ८ चैत्रमा […]
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न आदेश दिएको छ । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले मंगलबार निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न […]
काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव टुंगो लाग्ने सम्भावना क्षीण भएको छ । प्रस्तावमाथि बुधबारबाट छलफल गर्ने तयारी भए पनि मंगलबार मध्यरातिदेखि नै प्रतिनिधिसभा अधिवेशन अन्त्य भएको छ । वर्तमान प्रतिनिधिसभाको अन्तिम अधिवेशन आगामी वैशाख अन्तिममा सुरु हुने भए पनि छानबिनको लामो प्रक्रिया पूरा गरेर महाभियोग पारित गराउन लगभग असम्भव हुने संसद् सचिवालयका […]
काठमाडौं, फागुन १८ गते । प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थित मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गरेकाे छ । एमसीसी र नेपाल सरकारबीच ६० अर्ब रुपियाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एमसीसीको विषयमा संशोधन गर्नसक्ने अधिकार सार्वभौम मुलुक नेपालले सधैँ […]
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए । शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको एसपी मैनालीले बताए । प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो […]
उमेश जङ्ग शाही बाजुरा,फागुन ६, नेकपा एकीकत समाजवादी पार्टीको बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटमा हिजो वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य नरेश कुमार शाहीले केपी शर्मा ओलीले दुई तिहाइको सरकारलाई खण्ड विखण्ड गरेर अहिले एउटा सानो गुटको नेता भएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको स्वामीकार्तिक […]
बाजुरा,नेकपा एमाले बृहत् वडा प्रशिक्षण भेला स्वामिकार्तिक खापर गाउपालिका वडा नम्बर३ जुकोटमा हिजो सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमका सभापति कुबेर बहादुर शाही वडा कमिटि अध्यक्ष , प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य लाल ब. थापा तेस्तै विशिष्ट अथितिहरु नेकपा एमाले बाजुरा जिल्ला अध्यक्ष तथा जगन्नाथ गाउपालिका अध्यक्ष काली बहादुर शाही ,सुदुर […]
काठमाण्डौ,माघ ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ। निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरू विरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन्। सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं […]