उमेश जङ्ग शाही २२बैसाख, मुगु – कर्णाली प्रदेश सरकार र खत्याड गाउँपालिका मुगुको संयुक्त लगानीमा निर्माण भएको झुगला बेलिबृजको उद्घाटन कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र शाहीले हिजो बैसाख २१ गते रिवन काटेर गरेका हुन। नेपालगन्ज , सुर्खेत हुँद कर्णालीकरिडोरको सडक संग जोडिएको झुगला बेलिबृज उद्घाटन भए संगै रारा राष्ट्रिय निकुञ्ज सम्मको मोटरबाटो खुलेको छ। झुँगला बेलिबृज […]
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत स्वास्थ्य मन्त्री बनेका छन् । सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बस्नेतले तेस्रो पटक राजकीय पद प्राप्त गरेका छन् । २०५८ मा स्वास्थ्य राज्यमन्त्री बनेका उनी २०७४ मा सञ्चार मन्त्री बनेका थिए स्वास्थ्य राज्यमन्त्री बनेको २२ वर्षपछि उनी फुल मन्त्रीका रूपमा स्वाथ्य मन्त्रालयमा फर्किएका छन् ।
वैशाख २० गते । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा र नेपालस्थित अमेरिकी दूतावासका राजदूत डीन आर. थम्पसनबीच बुधबार धनगढीमा भेटवार्ता भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासबारे छलफल भएको सो मन्त्रालयले जनाएको छ । मन्त्री देउवासँग राजदूत थम्पसनले अन्तरप्रदेशको सम्बन्ध, सुदूरपश्चिम प्रदेश पछाडि […]
काठमाडौँ । सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बालुवाटारमा बस्दै छ’, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सनाले भने, ‘नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुनेछ ।’ उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र […]
बैसाख १९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्। सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा […]
वैशाख १९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताएका छन् ।सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै उनले विगतका कतिपय बदल्ने बताएका हुन् । चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘पहिलाका कतिपय कार्यक्रम छन् ती असफल भएका छन् । प्रधानमन्त्री रोजगार आदि इत्यादी जे छन् । ती कार्यक्रमले नतिजा […]
१८ वैशाख, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतमा गरेको उपचार खर्च आफैं ब्यहोर्ने घोषणा गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिक दिवशको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने धारणा राखे […]
बैसाख १३ -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदको निर्वाचन जितेका छन् । आफ्ना प्रतिद्वन्द्वीलाई कैयौं गुणा धेरै मत अन्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् । यससँगै उनले नेपालको निर्वाचन इतिहासको ठूलो किर्तिमान तोडेका छन् । लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई सबैभन्दा धेरै मत अन्तरले पराजित गर्ने […]
वैशाख-१३ नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप लगाएका छन् मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ […]
वैशाख १३- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन्। मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रुपान्तरणमा नयाँ ढंगले जुट्ने पनि बताएका छन्।उपनिर्वाचनमा कांग्रेसले तनहुँ-१ र चितवन-२ मा उम्मेदवारी […]