बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको वडा नं तीन जुकोटमा रहेको शम्भु सुनन्दा माद्यामिक विद्यालयमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको हो । फिल्ड व्यवस्थापन र सरसफाइ लगायतका अन्य सम्पुर्ण तयारी पूरा भए संगै आजबाट प्रतियोगिता सञ्चालन भएको विद्यालयले जनाएको छ । आज एक कार्यक्रमका […]
सेतिकर्णाली खबर,१२ पुस / बाजुराकाे जगन्नाथ गाउँपालिकामा हिजो बाट चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ आजबाट गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । जगन्नाथ गाउँपालिका शिक्षा ,युवा ,तथा खेलकुद शाखाको आयोजना र देवलकोट […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजारमा बिजुली झिलिमिली हुँदा बजार बासिन्दा खुशी भएका छ्न। गाउँपालिकाको केन्द्र धुलाचौर भए पश्चात् बजार लाग्न सुरु गरेको हो। अहिले सम्म बजार विस्तार भएको ६/७ वर्ष पुगेको छ। बजारमा खानेपानी, यातायात, संचार क्षेत्रको पहुँचमा भएपनि बिजुली बत्ति बाट बन्चित अवस्थामा थियौं। बजारमा बिजुली नहुदा सोलार बालेर उज्यालो बस्ने गरेको […]
बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे एसियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ता लाई पुर्नताजगी तालिम दिएकाे छ । जिल्ला भरीका आफ्ना अभिकर्ता हरुलाई थप शसक्त बनाउने उदेश्यका साथ याे तालिम संञ्चालन गरेकाे बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला भरिकाआफ्ना अभिकर्ता हरु लाई पुनरताजगी गराएर गाउगाउमा पठाउने र उनिहरु […]
बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका–५ किम्नीमा विद्युतको तार सट भइ एक घरमा आगलागि हुँदा पूर्ण रुपमा क्षती भएको छ । मंगलबार विहान स्थानीय देउराम बुढाको घरमा विद्युतको तार सट भई आगलागि भएको हो । खाना पकाउने बेला विद्युतको तार एक्कासी सट भएर आगलागि भएको स्थानीय जनक बुढाले बताएका छन् । आगो नियन्त्रणमा लिइसकेको स्थानियले जनक बहादुर बुढाले […]
बाजुरा : एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिका बीच स्वास्थ्य उपचार सेवाका लागि सहकार्य गर्न सम्झौता गरिएको छ । बुढीनन्दा नगरपालिकाका नागरिकलाई निशुल्क बिशषेज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने गरि सहकार्य सहीतको सम्झौता गरिएको छ । वर्षको एक पटक अनिवार्य रुपमा एक एक पाइला नेपालले बुढीनन्दा नगरपालिकामा आएर निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविर निशुल्क सञ्चालन गर्ने र […]
बाजुरा : बाजुरामा भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्य सुरु गरिएको छ । भूमिहीन दलित, भूमिहीन, सुकूम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणिकरणको आधार मापदण्ड २०८० को अनुसूचि ६ बमोजिम निस्सा वितरण सुरु गरिएको हो । भूमिहीनलाई निस्सा वितरण सूरु गौमुल गाउँपालिकाबाट गरिएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नाप, जाँचका लागि निस्सा प्रक्रिया […]
सोमबार एक औपचारिक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय बाजुराको परिसरमा निर्माण गरिएको मुख्य कार्यालयको प्रहरी महानिरिक्षक कुँवरले रिवन काटेर कार्यालयको उद्घाटन् गरेका हुन् । त्यस्तै प्रहरी परिसरभित्र निर्माण गरिएका व्यारेक, निवास, हिरासत कक्ष र भान्साघरको प्रहरी महानिरिक्षक कुँवरले उद्धघाटन संगै निरिक्षण समेत गरेका छन् । नेपाल सरकारको नियमित विनियोजित बजेटबाट प्रहरी परिसरमा निर्माण गरिएका ५ […]
बाजुरा -बाजुरा जिल्ला काे बडिमालिका नगरपालिकाका विपन्न परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशले न्यानो कपडा बितरण गरेकाे छ । नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशले न्यानो कपडा बितरण गरेकाे छ । सोमबार बडीमालिका नगरपालिका वडा नं २ को भौनेराका २८ जना र र वाड न ९ का १२ जना बिपन्न परिवार लाई न्यानाे कपडा […]
बाजुरा- बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु भएको छ। बुढिगंगा नगरपालिका-८ देउलिसैनका लोकेन्द्र रावलको ५ वर्षीया छोरी आचल रावलको आइतवार साँझ मृत्यु भएको हो। सोही ठाँउ स्थित भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडीको खेल्ने क्रममा बालिकाकाे चुन्नी सापटमा बेरीई टाउकोमा चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटनाकाे […]