काठमाडौँ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ। सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो […]
काठमाडौँ —जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका ४ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । अस्पताल ल्याइएका ४ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे । ‘१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको […]
काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने गरी गरेको निर्णयको विरुद्ध नागरिकस्तरबाट चौतर्फी विरोध भएको छ । सरकारको सो निर्णयविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगले समेत विरोध गर्दै निर्णय पुनर्विचार गर्न माग गरेको छ ।आयोगले नागरिकको स्वतन्त्र अभिव्यक्ति र सूचना पाउने अधिकार कुण्ठित हुने भन्दै उक्त निर्णय तत्काल पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले शुक्रवार […]
काठमाडौँ- सामाजिक सञ्जालको भातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ। नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सेतीकर्णालीखबरलाई बताएअनुसार फेसबुक मेटा र हाम्रो पात्रो प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रिया र डकुमेन्टबारे जिज्ञासा राखेका छन् ।
सेतीकर्णाली खबर दोरेन्द्र खड्का ४ भाद्र बझाङ – बझाङको छबिस पाथिभेरा गाउँपालिका–२ मुम्लामा एक किसानको कालिज पालन व्यवसायमा वन बिरालोको आक्रमणले ठूलो क्षति पुगेको छ। गाउँपालिकाका विकास एडीले पाल्दै आएका १५६ वटा कालिजलाई हिजो राति करिब १ बजे खोरमा पसेको वन बिरालोले मारिदिएको हो। यस घटनामा किसान एडीलाई लाखौं रुपैयाँ बराबरको क्षति भएको छ। […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही साउन १६ बाजुरा– “कोदोयुक्त परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाई, बाजुरामा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजनामा (RERAS) परियोजना तथा Norway र UNDP को सहयोग रहेको थियो। कार्यक्रममा स्थानिय किसानहरू, जनप्रतिनिधि, […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही, साउन १५ काठमाडौ – नेपाली कला सांस्कृतिक प्रतिष्ठानको पहिलो वार्षिकोत्सवको अवसरमा आज भव्य रूपमा बृहत् सांस्कृतिक प्रस्तुति, तथा रक्तदान कार्यक्रम–२०८२ आयोजना हुँदैछ। “हाम्रो गौरव, हाम्रो शान – कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना हुने सो कार्यक्रम काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा दिउँसो १२ बजे सुरु हुने जनाएको […]
सेतीकर्णाली खबर बझाङ, साउन ८— वित्थडचिर गाउँपालिका वडा नम्बर ६ मा आज एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत वडामा रहेका १६ वर्षभन्दा मुनिका, आमाबुवा दुवैजनाको मृत्यु भइसकेका ४० जना टुहुरा बालबालिकाहरूलाई प्रति व्यक्ति पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ। यस छात्रवृत्तिको माध्यमबाट विद्यार्थीहरूले झोला, विद्यालय पोशाक र शैक्षिक […]
सेतीकर्णाली खबर दोरेन्द्र खड्का १३ असार बझाङ / चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ । अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी […]
बझाङ — नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि बझाङको पहिलो विस्तारित बैठक सम्पन्न भएकाे छ।जिल्ला अध्यक्ष अक्कल धामीको अध्यक्षतामा बसेकाे बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला सह-इन्चार्ज जगेन्द्र शार्की प्रमुख अतिथि रहनु भएको थियो भने प्रदेश सदस्य कलक बिक विशेष अतिथिको रूपमा सहभागी हुनु भएको थियो। बैठकमा हालै सम्पन्न जिल्ला अधिवेशनको समिक्षा गरिनुको साथै पार्टीलाई कसरी बलियो […]