सेतीकर्णाली खबर दिपेश शाही पौष २५ बाजुरा- जगन्नाथ गाउँपालिकामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज सुरु भएको हो । गाउँपालिकाको केन्द्र जुड्डीमा आज एक कार्यक्रमका आयोजना गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको पालिकाले जनाएको छ । […]
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही लगायत ११ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेका छन्। एमाले बाजुरा जिल्लामा उम्मेदवार छनोटमा सहमति नजुटेपछि सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेर पठाइएको हो। सिफारिस सूचीमा पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहका पुराना नेतादेखि नयाँ पुस्ताका नेतासम्म […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ३ मंसिर बाजुरा — बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका– दानसाघुस्थित बड्डिगाड खोलामा बेलिब्रिज निर्माण गर्न आज एक कार्यक्रममा विशेष रूपमा शिलान्यास गरिएको छ। नगरपालिकाका उपप्रमुख राम बहादुर बोहोराले स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा पुलको शिलान्यास गरेका हुन्। सडक डिभिजन कार्यालय साफेबगरका अनुसार जडङ्गामा अवस्थित करिब दुई करोड बीस लाख रुपैयाँ लागत […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही, बाजुरा असोज ३० । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा यात्रुबाहक बस दुर्घटना भएको छ। हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस आज दिउँसो करिब १२:११ बजे अनियन्त्रित भई कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। […]
सेतीकर्णाली खबर २४ असोज हुम्ला– जिल्लाको चङखेली गाउपालिका केन्द्र पिप्लाङ्ग देशीखोला नजिकै बलेरो जिप दुर्घटना भएको छ। भर्खरै जिप दुर्घटनापरि मृतु हुनेको संख्य ३ जनापुगेको छ भने ६ जना घाइते भएकाछन । बसन्ति बुढा र बसन्ति बुढाको छोरा,मानबिर बुढाको घटना स्थलमै मृत्यु भएको छ। कैलाश शिरा ,बहादुर लामा , महेन्द्र रोकाया हंश बुढा ,पार्बती बुढा […]
सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो । २१ असोज, काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार […]
काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद् विघटनको सिफारिस गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिस आजै राष्ट्रपतिबाट स्वीकृत भएको छ । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले संसद् विघटनको सिफारिस स्वीकृत गरेको बताए । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मितिसमेत तोकेकी छिन् । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि विकसित […]
काठमाडौँ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ। सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो […]
सेतीकर्णाली खबर मनिषा शाही साउन २८ बाजुरा– स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजेको समयमा वडा नम्बर १ बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय स्वामिकार्तिकमा कार्यरत प्रहरी जवान अनिल गिरीका अनुसार दुर्घटनामा […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही, साउन १५ काठमाडौ – नेपाली कला सांस्कृतिक प्रतिष्ठानको पहिलो वार्षिकोत्सवको अवसरमा आज भव्य रूपमा बृहत् सांस्कृतिक प्रस्तुति, तथा रक्तदान कार्यक्रम–२०८२ आयोजना हुँदैछ। “हाम्रो गौरव, हाम्रो शान – कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना हुने सो कार्यक्रम काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा दिउँसो १२ बजे सुरु हुने जनाएको […]