बाजुरा–बाजुराको साँफे–मार्तडी सडक सञ्चालन ल्याउन प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले सडक डिभिजन कार्यलय अछामलाई निर्देशन दिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी सहितको टिमले सडक अनुगमन गरेको थियो । सडक अनुगमन सँगै सडक डिभिजिन साँफे बगर अछामलाई सोमबार बाट सडक सञ्चालनको लागि काम गर्न निर्देशन दिएको साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले वताएका […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा उत्खनन् सुरु गरेको छ। महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो। महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो। अहिले महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ। उच्च अदालत पाटनले टुकुचा […]
बाजुरा– आइतबार जिल्ला हिन्दु युवा संघ बाजुराद्वारा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ । बिजया दशमी, शुभ दीपावली तथा छट पर्वको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपालमा हिन्दु धर्मलाई सदा सर्वदा जीवित राख्न सबै हिन्दु धर्मावलम्बीहरुले एक भएर लाग्नु पर्ने कार्यक्रममा उपस्थितहरुको भनाई रहेको थियो । हिन्दु युवासंघ बाजुराका अध्यक्ष हेमराज उपाध्यायको अध्यक्षतामा […]
बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् । […]
बाजुरा — बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले एक महिलालाइ रगत दिएर ज्यान बचाएका छन् । रगत अभाव भएर जिल्ला अस्पतालमा उपचारमा रहेकी बडिमालिका नगरपालिका वडा न ४ रिलाकी १९ बर्षिया खुस्मा उखेडालाई उनले रगत दिएर ज्यान बचाएका छन । बि पोजेटिभ ब्लड नपाएर भौतारीरहेकी खुस्मा उखेडालाई प्रबक्ता पाध्यायले रक्तदान गरेको […]
बाजुरा — बाजुरा जिल्लामा ४० बर्षिय पुरुषले ७० बर्षिय महिलालाई जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ । बुढिगंगा नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४० का बिष्णु भारतीले ७० बर्षिय महिलालाइ जवरजस्तीकरणी गरेको आराेप लागेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन । भारतीले जबरजस्ती करणी गरिरहेको अवस्थामा महिलाको श्रीमानले देख्नासाथ भारती झ्यालबाट हाम […]
किरण धामी, डोटी-डोटीमा २७ जना डेंगुका सङ्क्रमित फेला परेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो पटक फेला परेको थियो । त्यसता क्रमशः जिल्लामा डेंगुका सङ्क्रमित बढिरहेका छन् । जिल्ला अस्पताल डोटीका मेडिकल रिपोर्टर नारद प्रसाद भट्टका अनुसार भदौ १३, १४ र १६ गते एक/एक जना, १७ गते २ […]
छम बहादुर चन्द(शुलभ)दोहा -अर्घाखाँची सेवा समाज कतारको पाँचौं अधिवेशन सम्पन्न भएको छ । “प्रवासमा अर्घाखाँची वासीहरु एक हौं, नेपाली समाजका लागी सहयोग गरौं” भन्ने उदेश्यका साथ सन : २००६ मा स्थापना गरिएको समाजको अधिबेशन दोहा स्थित शालिमार होटेलको सभाहलमा सम्पन्न भएको हो । समाजका अध्यक्ष टेकराज थापाको सभापतित्व तथा नेपाली दूतावास दोहा कतारका श्रम सहचारी […]
उमेश जङ्ग शाही, बाजुरा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन स्याउ/ओखर जोनको आयोजनामा जोन सन्चालन समन्वय समितिको गठन आज पिलुचौरमा सम्पन्न भएको छ। लालबहादुर विष्टको अध्यक्षतामा बसेको भेलाको सञ्चालन परियोजना एकाइका खरिदार जयविर धामिले गरेका हुन। अथितिहरु कुन्ना चौकिका इन्चार्ज प्रहरी सहायक निर्णक्षक पदम बिष्ट , स्वामिकार्तिक खापर गाउपालिका कृषि साखा प्रमुख निरेस कटेल […]
बागलुङ – आगामी मंसिर ४ गते हुन गएको प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाँउका अञ्चल शाही चुनावी मैदानमा उत्रिने निश्चित भएको छ । उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी टिकट पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय र गण्डकी प्रदेश कार्यालय पोखराबाट नाम सिफारिस […]