October 25, 2026 | आइतवार, कार्तिक ९, २०८३

स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ४, २०८१ 0१:२६
स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

सेतीकर्णाली खबर

उमेश जङ्ग शाही ४ माघ बाजुरा-  स्वामिकार्तिक जुकोटका राष्ट्रपति रनिङ  शिल्ड विजेतालाई  ४६ हजार वढि पुरस्कार  स्थानियहरुले प्रदान गरेका छन । स्वामिकार्तिक   खापर गाउपालिका वडा नं.३ जुकोट स्थित शम्भु सुनन्दा माध्यमिक विद्धालयले गाउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिल्ड विजेता खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा विजयोत्सवको बुधवार आयोजना गरेको थियो ।
विजयोत्सव समारोहका सभापति विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज शाही, प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सुलोचना बुढा, विशिष्ट अतिथिहरु पुर्व जिबिस उपसभापति रङगमान शाही, निवर्तमान गाउपालिका अध्यक्ष चिरञ्जीवी शाही , बिद्यालय प्रधानाध्यापक पुष्पराज शाही अतिथिहरु स्थानिय बुद्धिजीवी , कर्मचारी , पत्रकार शिक्षक लगाएत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सोहि विद्धालयका लेखापाल सुकेन्द्र शाहीले गरेका हुन। खेलाडी विद्यार्थीहरुलाई खादा,माला, र अविरले सम्मान गरिएको थियो । विद्यार्थीहरुले जुकोट गाउँ टोल रास्ट्रपति रनिशिल्ड सहित बाजागाजाको साथमा उल्लासमय हुँदै गाउँ परिक्रमा गरेका थिय । विद्यार्थी तथा विद्यालय परिवारलाई बधाई दिदै आगामि दिनमा पनि खेलक्षेत्रको विकास गरि विधालयको पहिचान संगै विद्यार्थीहरुको भविष्य उज्ज्वल हुने कुरामा जोड दिँदै शुभकामना मन्तव्य विशिष्ट व्यक्तिकोहरुले दिएको विधालय अभिभावक संघ अध्यक्ष सर्पजित कटेलले सेतीकर्णाली खबरलाई बताए ।

स्वामिकार्तिक खापर गाउँपालिका निवर्तमान अध्यक्ष चिरञ्जीवी शाहीले शम्भु सुनन्दा माविलाई खेलकुद सामाग्री सहयोग गर्ने घोषणा गरेका थिय भने श्री सम्भु सुनन्दा माविका पुर्व प्रधानाध्यापक गोविन्द शाहले खेलाडी विद्यार्थीलाई २१ हजार सहयोग गरेकाछन भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज शाहीले १०हजार , स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष सुलोचना बुढाले ५ हजार, प्रधानाध्यापक पुष्प बहादुर शाहीले ५ हजार, भैरवनाथ प्रावि ठुलापाटा जुकोटका निवर्तमान प्रधानाध्यापक मदनराज शाहीले २ हजार, समाजसेवी पदम शाहीले एक हजार, समाजसेवी सुर्जमान कैला एक हजार ६०, सुर्योदय प्राविका विव्यस अध्यक्ष दिर्घ कडाराले एक हजार र पुर्व विद्यार्थी पदम शाहीले पाँचसय विद्यार्थीखेलाडीलाई सहयोग गरेका हुन जम्मा ४६ हजार ५सय साठि सहयोग गरेको श्री शम्भु सुनन्दा माविका शिक्षक नरेन्द्र मल्लले सेतिकर्णाली खबर जानकारी दिए ।
१० स्वर्ण,७ रजत,८ कास्य गरि २५ पदक प्राप्त गरेर श्री शम्भु शुनन्दाले पदक जितेकाे हाे । त्यस्तै ८ स्वर्ण,१० रजत र ४ कास्य सहित २२ पदक प्राप्त गरेर कुलादेवि मा. वि बर्कु द्वितिय भएको छ भने ६ स्वर्ण,७ रजत र ८ कास्य सहित २१ पदक प्राप्त गरेर स्वामिकार्तिक मा. वि वाई तृतिय भएको थियो।
गाउपालिका स्तरिय तेस्रो रास्ट्रपति रनिङ सिल्डको आयोजना स्वामिकार्तिक मावि वाइले गरेको थियो । व्यवस्थापनका लागि आर्थिक सहयोग स्वामिकार्तिक खापर गाउँपालिकाले गरेको गाउपालिका शिक्षा तथा युवाखेलकुद साखा प्रमुख दिपक शाहीले बताएका छन।

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ४, २०८१ 0१:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  