October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

३ वर्ष कामकाज गर्दै आइरहेका सूचना प्रविधि अधिकृत रोकायालाई बिदाई

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन ३०, २०८० 0७:१४
३ वर्ष कामकाज गर्दै आइरहेका सूचना प्रविधि अधिकृत रोकायालाई बिदाई

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका सूचना प्रविधि अधिकृत सागर रोकायालाई बिदाई गरेका छ्न।

विगत देखी अहिलेसम्म गाउँपालिका आफ्नो पदको गहन जिम्मेवारी बोकेर कार्यालय नियमित रूपमा कामकाज गर्दै आइरहेको रोकायालाई गाउँपालिका कर्मचारीहरुले दोसल्ला सहित टीका ग्रहण गरेर सम्मान सहित बिदाई अनौपचारिक रूपमा गरिएको छ। अहिलेसम्म उहाँको कामको अतुलनीय कदर गर्दै त्यहाँका विभिन्न कार्यालय प्रति दिएको योगदान लाई हार्दिक आभारी भएको गाउँपालिकाले जनाएको छ।

तीन वर्षदेखि कार्यालय कामकाज गर्दै आउनुभएको छ। उहाँको आफ्नै कारणले गर्दा खेरि बुधबार निमित्त प्रशासकीय अधिकृत कार्यकक्षमा शाखा प्रमुख सहित सबै कर्मचारी सहभागिता भएर सूचना प्रविधि अधिकृत सागर रोकायालाई बिदाई गरेका छ्न। आफू कार्यालय बाट बिदाइ भएपनि अप्रत्यक्ष रूपमा गर्नसक्ने कामका लागि सहयोगका निम्ति आफू गर्न तयार भएको छु। हामी भौतिक हिसाबले छुट्टीएर गएपनी सामाजिक संजाल लगायत विभिन्न संजाल क्षेत्रमा भेटघाट निरन्तर रहने सूचना प्रविधि अधिकृत सागर रोकायाले बताएका छ्न।

कार्यालय दिएको जिम्मेवारीबाट अतुलनीय कामलाई कार्यालयले धन्यवाद दिएको छ। बाकी उहाँको जीवन भबिस्य प्रति यहाँका सबै देविदेउता रक्षा गरुन। थप उज्ज्वल भबिस्य शुभकामना गर्दै समग्र गाउँपालिका कार्यालय बाट बिदाई गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छ्न।

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन ३०, २०८० 0७:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट