October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिकाका कृषकलाई कृषि सामाग्री वितरण

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन १३, २०८० १२:२८
हिमाली गाउँपालिकाका कृषकलाई कृषि सामाग्री वितरण

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा अगुवा कृषकलाई सामना वितरण गरेका छ्न।

गाउँपालिकाका तीन वटा कृषक समुहलाई हिमाली गाउँपालिका समन्वय र ग्रेप परियोजना संस्थाको विशेष सहयोगमा अगुवा कृषकलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ। पहिलो प्राथमिकता सबैभन्दा एक मलाई हेरर सामान दिएको छ। तीन वटा कृषक समुह भित्र रहेका मान्छेलाई छनोट गरि समान दिएको छ।

सबै कृषि क्षेत्रमा बढी चासो संगै काम लगनशील भएको कृषकलाई पाल, ड्रम लगायत सामाग्री गाउँपालिकामा कृषकलाई वितरण गरिएको ग्रेप संस्थाका प्राविधिकले बताएका छन। पाँच जना कृषकलाई वडा नम्बर ५ का कालिका कृषि समुहका अगुवा कृषकलाई सामना दिएको छ।

हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, कृषि शाखा प्रमुख टोपबहादुर शाही र ग्रेप परियोजना कर्मचारी कृषक सहभागिता वितरण कार्यक्रम गरिएको छ। यसले कृषि क्षेत्रमा थप काम गर्ने एक किसिमको उर्जा प्रदान समेत गरिने छ। दिएको सामाग्री सहि तरिकाले सदुपयोग गरेर काम गरियो भने किसानलाई आमदानी स्रोत बढाउने समेत रहेकोे गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन १३, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट