October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियोगिता कोल्टीमा हुने

  • सेती कर्णाली खबर
  • शुक्रबार, अशोज २६, २०८० २१:१८
साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियोगिता कोल्टीमा हुने

बाजुरा-  बुढीनन्दा नगरपालिकाको कोल्टीमा प्रथम साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियोगिता हुनेभएको छ ।

विकाश, अनुशासन र गतिशिलता, प्रथम साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियागिता भन्ने मुलनाराका साथ कोल्टीमा प्रथम फुटवल प्रतियोगिता सञ्चालन हुनेभएको हो । साईनिङ्ग स्टार क्लव कोल्टीले आज एक सुचना जारी गर्दै आउदो कार्तिक १७ गते देखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ ।

क्लवले खेल खेल्न ईच्छुक खेलाडीलाई आउदो १७ गते भित्र आफ्नो टिम दर्ता गर्न आह्वान गरेको आयोजक टिमका सदश्य तथा सम्पर्क ब्यक्ति विनोद शाहीले जानकारी दिनुभयो ।उहाँले टीम दर्ताका लागि करीव तीन हप्ताको समय रहेको बताउनुभयो । टिम दर्ता शुल्क भने ११ हजार ५ सय ५५ तोकिएको उहाँले बताउनुभयो ।

प्रतियोगिता जनप्रकाश माद्यामिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख, ५५ हजार ५ सय ५५, द्धितिय हुने टिमलाई १ लाख, १ हजार, १ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरीने साईनिङ्ग स्टार क्लवका अध्यक्ष सञ्जय रोकायाले जानकारी दिनुभयो ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलरक्षक र उदयमान खेलाडीलाई ट्रफि र प्रमाण पत्रले सम्मान गरीने छ । दशै, तिहारको अवसर पारी जिल्ला वाहिर रहेका खेलप्रमि तथा सुभचिन्तकको भेटघाटका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष रोकायाले बताउनुभयो । विगत लामो समय देखि सञ्चालन हुन नसकेको फुटवल प्रतियोगिता यस पटक सभ्य र भब्य तरीकाले सञ्चालन हुने अपेक्षा गरीएको समेत रोकायाले बताउनु भएको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, अशोज २६, २०८० २१:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट