October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सामाजिक विकास संयोजक भण्डारीको नेतृत्वमा बिधालय, स्वास्थ क्षेत्रमा अनुगमन

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन २६, २०८० 0९:00
सामाजिक विकास संयोजक भण्डारीको नेतृत्वमा बिधालय, स्वास्थ क्षेत्रमा अनुगमन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका सामाजिक विकास संयोजक जोख्या भण्डारीको नेतृत्वमा बिधालय र स्वास्थ क्षेत्रमा अनुगमन गरिएको छ।

बिधालय र स्वास्थ क्षेत्रलाई गुणस्तर सेवा प्रदान गर्ने हिमाली गाउँपालिका सामाजिक विकास संयोजक भण्डारीको टोली सहित सदस्य मोहनजंग शाही, दल बहादुर मल्ल, तिलक रोकाया शिक्षा युवा तथा खेलकुद शाखा कम्प्युटर अप्रेटर कर्ण बहादुर रावल, लेखा सहायक जयप्रकाश पाण्डे र धुलाचौर आधारभुत सेवा केन्द्रका अहेव लक्ष्मण बहादुर बिष्ट सहितको टोलि साउन २५ गतेबाट अनुगमन कार्यमा लागिपरेका संयोजक भण्डारी बताउनुभयो।

गाउँपालिका भित्रका २२ वटा बिधालय मध्य वडा नम्बर ४,६ र ७ का वडामा ७ वटा बिधालयमा पुगेर अनुगमन गरिएको छ। बिधालय भएको गतिविधि लगायत बालबालिका पठनपाठन लाई मजबुत र गुणस्तर बनाउन बिधालयमा गएर बिधालय व्यवस्थापन समिति प्रधानाध्यापक सहित शिक्षक बिच अन्तरक्रिया बहस गरेर थप राम्रो बनाउन कसरी लैजाने भन्ने विषय छलफल गर्ने गरेका छौ। बिधालय भएको बालबालिका दिने शिक्षा गुणस्तरीय बनाउने र भौतिक सेवा सुबिधा थप सुधार गर्नेका लागि अनुगमन कार्य निरन्तर भैरहेको छ।

शिक्षा क्षेत्रमा पर्ने बिधालय कर्मचारी अवस्था र पढाई कस्तो प्रभावकारी भएको छ। त्यस शिक्षाको अझ प्रभावशाली बनाउन हाम्रो टिम बिधालय र स्वास्थ संस्थामा अनुगमन भएको छ। स्वास्थ क्षेत्रमा पनि स्वास्थ सेवा केन्द्रको अवस्था र स्थानीयलाई पाउने सेवा सुबिधा राम्रो र प्रभावकारी सेवा प्रदान गराउन निम्ति वडामा रहेका बिधालय र स्वास्थ सेवा केन्द्रमा अनुगमन गर्न लागिपरेका छौँ। गाउँपालिकामा रहेका १२ वटा स्वास्थ क्षेत्रमा अनुगमन गरिने भएको छ। अहिलेसम्म ५ वटा स्वास्थ सेवा केन्द्रमा स्थलगत अनुगमन गरिएको संयोजक भण्डारीले बताउनुभयो।

पालिकामा २२ बिधालय मध्य १५ वटा शिक्षा संस्थामा अनुगमन गर्न बाकी रहेकोे ठाउँमा निरन्तर दिइने भएको छ। स्वास्थ र शिक्षा क्षेत्रमा विशेषगरी पालिका पहिलो प्राथमिकता दिएर नयाँ आर्थिक वर्ष लागे संगै वडामा सरकारी बिधालय र स्वास्थ संस्था क्षेत्रहरुमा अनुगमन गर्ने काम गरिरहेका छौँ। विगत समय भन्दा अबको सामाजिक बिकास मुख्य क्षेत्रलाई राम्रो र मजबुत संगै गुणस्तरीय बनाउने तरिकाले टिम रातदिन नभनी खटिएका संयोजक भण्डारीले बताएका छन। गाउँपालिका स्थानीय क्षेत्रमा पर्ने शिक्षा र स्वास्थ संस्था बाट पाउने सेवा सुबिधा थप प्रभावकारी बनाउनका लागी लागिपरेका शिक्षा युवा तथा खेलकुद शाखा कम्प्युटर अप्रेटर कर्ण बहादुर रावलले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन २६, २०८० 0९:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट