October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बालेन दाईको चस्मा नाम दिएर इकमर्श कम्पनीहरु बेच्न थाले चस्मा, कोटको समेत खोजी हुन थाल्याे

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ४, २०७९ 0९:२६
बालेन दाईको चस्मा नाम दिएर इकमर्श कम्पनीहरु बेच्न थाले चस्मा, कोटको समेत खोजी हुन थाल्याे

काठमाडौं ,अनलाइन ईकमर्श कम्पनीहरु ‘बालेन दाईको चस्मा’ नाम दिएर बालेन साहले लगाउने चस्मा बिक्रीको नयाँ फण्डा निकालेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार बालेन साहले लगाउने चस्माको चौतर्फी खोजी हुन थालेपछि अनलाइन सपिङ कम्पनीहरुले समाजिक सञ्जालमा मिमि बनाएर बिक्रीका लागि प्रचारप्रसार थालेका हुन् ।

काठमाडौं  महानगरपालिकाको मेयर पदका लागि खसेको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेकपा एमालेका उम्मेद्वार केशब स्थापितभन्दा दोब्बर मतान्तर अर्थात १७ हजार ३१ मत पाएका छन् । स्थापितले ८ हजार १ सय ७६ मत पाएका छन् ।

मेयरमा उम्मेदवारी घोषणा र उम्मेदवारी दर्तापछि काठमाडौँका मेयरका उम्मेदवारमध्ये सर्वाधिक खाेजीमा परेका उम्मेदवारको रुपमा स्थापित बालेन शाह यतिबेला उनको चस्माले सर्वत्र चर्चा पाइरहेको छ । उनी कुनै पनि कार्यक्रममा होस अथवा जहाँकाही जादाँ होस कालो चस्मा कतै पनि छुटाउदैनन ।

बालेनले लगाउने चस्माको बजारमा पनि उच्च माग रहेको बताइन्छ । यो चस्माको आधिकारीक नाम नभएपनि नेपालका इकमर्श कम्पनीहरुले बालेन शाहको चस्मा नाम दिएका छन् ।

चर्चित इकमर्श कम्पनी ग्यापू मार्केट प्लेसले पनि बालेनले लगाउने चस्मालाई बालेन दाइको चस्मा नाम दिएर विक्रीका लागि समाजिक सञ्चारमा राखेको छ । ग्यापूले यो चस्माको मूल्य ८९९ तोकेको छ । बजारमा यो चस्माको मूल्य ९ सयदेखि माथि रहेको छ ।

सामाजिक सञ्जालमा फेसबुक पेज मार्फत पनि बालेन साहले लगाउने चस्माको फरक फरक मुल्य राखेर अनलाइन बिक्रीमा राखिन थालेको छ । कतिपयले उनले लगाउने कोटको समेत खोजी गर्न थालिसकेका छन् ।- merolagani.com

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ४, २०७९ 0९:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट