February 4, 2026 | बुधबार, माघ २२, २०८२

रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रमअन्तर्गत पोषण झोला वितरण

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस ३, २०८२ २0:४७
रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रमअन्तर्गत पोषण झोला वितरण

 

सेतीकर्णाली खबर  शारदा कुमारी शाही पौष ३ बाजुरा-
बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ स्थित बिहिवार  जुकोट स्वास्थ्य चौकीको आयोजनामा रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रम अन्तर्गत पोषण झोला वितरण गरिएको छ।

कार्यक्रममार्फत ४५ दिनभित्रका ३ जना सुत्केरी महिला र २५ जना गर्भवती महिला लाई पोषण झोला वितरण गरिएको जुकोट स्वास्थ्य चौकीका प्रमुख कमल कट्टेलले सेतीकर्णाली खबरलाई जानकारी दिएका छन। गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

कार्यक्रमका अध्यक्षता स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेम कट्टेलले गरेका हुन भने कार्यक्रमका अतिथिमा पूर्व शिक्षक जीवन शाही, वडा नं. ३ का सचिव रबिलाल कट्टेल लगायतको उपस्थिति रहेको थियो।

वडा अध्यक्ष कट्टेलले मातृ तथा शिशु स्वास्थ्य सुदृढ बनाउन पोषण कार्यक्रम प्रभावकारी रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे। स्थानीय स्तरमै उत्पादन हुने रैथाने बालीको प्रयोगले पोषणसँगै स्थानीय कृषि प्रवर्द्धनमा समेत टेवा पुग्ने अध्यक्ष कट्टेलको भनाइ थियो।

कार्यक्रम अन्तर्गत वितरण गरिएका पोषण झोलामा स्थानीय रैथाने बालीबाट तयार गरिएका पोषणयुक्त सामग्री समावेश गरिएको स्वास्थ्य चौकीले जनाएको छ।
स्थानीय महिलाहरूले कार्यक्रमबाट लाभान्वित भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस ३, २०८२ २0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट